सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको दाल, सडेको अण्डा : २ लाख जरिवाना 

क्यान्टिनमा सरसफाइ भने सामान्य र फ्राई गरेको तेल मापदण्डअनुकूल नै रहेको पाइयो

जेष्ठ २९, २०८३

कान्तिपुर संवाददाता

Mite-infested lentils, rotten eggs in Singha Durbar's central canteen: Rs 2 lakh fine

काठमाडौँ — सिंहदरबारभित्रको सेन्ट्रल क्यान्टिन(जी एन्ड बी क्याफे) मा घुन लागेको दाल, ओसिएको बदाम र फुटेका अण्डा भण्डारण गरेको पाइएको छ । खाद्य प्रवधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमनमा क्यान्टिनमा कैफियत देखिएपछि जरिवाना गरिएको छ । 

वरिष्ठ खाद्य अनुसन्धान अधिृकत डा. बालकुमारी शर्माका अनुसार क्यान्टिनलाई उपभोक्ता संरक्षण ऐनअनुसार २ लाख १ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

शर्माका अनुसार उक्त क्यान्टिनमा सरसफाइ भने सामान्य र फ्राई गरेको तेल मापदण्डअनुकूल नै रहेको पाइएको थियो । तर क्यान्टिनले घुन लागेको चनाको दाल १७ किलो, ओसिएको बदाम ११ किलो र फुटेका अण्डा १४ वटा भण्डार गरी राखेको थियो । 

यसअघि गत वैशाखमा सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको क्यान्टिनमा म्याद गुज्रिएको दही फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार जरिवाना गरेको थियो ।

कान्तिपुर

Link copied successfully