कारले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

घाइते हुनेहरुमा बा८९प ६४८६ मोटरसाइकलका चालक मकवानपुरका २२ वर्षीय ज्ञानसागर लोप्चन, मोटरसाइकलको पछाडि सवार भोजपुरका १९ वर्षीय बबिन राई, बा९६प ३३२५ नम्बरको मोटरसाइकल चालक धापाखेल बस्ने ३० वर्षीय एलिस बानियाँ छन् ।

असार ८, २०८३

रासस

6 injured after car hits motorcycle

काठमाडौँ — काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार बा१४च ४८२० नम्बरको निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेहरुमा बा८९प ६४८६ मोटरसाइकलका चालक मकवानपुर घर भई हाल ललितपुर ग्वार्को बस्ने २२ वर्षीय ज्ञानसागर लोप्चन, मोटरसाइकलको पछाडि सवार भोजपुर घर भई हाल ग्वार्को बस्ने १९ वर्षीय बबिन राई, बा९६प ३३२५ नम्बरको मोटरसाइकल चालक धापाखेल बस्ने ३० वर्षीय एलिस बानियाँ छन् । 

यस्तै बा प्र ०२०६६ प ६१०७ नम्बरको मोटरसाइकलका चालक काठमाडौँको स्वयम्भु बस्ने १८ वर्षीय सुशील श्रेष्ठ, त्यसमा पछाडि सवार डोटीको बढीकेदार गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय रवि चन्द तथा बा प्र ०२०४१ प ८२८२ नम्बरको मोटरसाइकलका चालक रामेछापको मन्थली नगरपालिका–३ घर भई हाल ललितपुरको झम्सीखेल बस्ने २२ वर्षीय सुदीप थापा रहेका उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

घाइतेलाई  उपचारका लागि बिएण्डबी अस्पताल पठाइएको  ट्राफिक प्रहरीले जनाएको छ । क्षति भएका सवारीसाधन तथा कारका चालकलाई प्रहरीवृत्त कोटेश्वरमा राखिएको छ ।

रासस

Link copied successfully