भक्तपुरमा पनि दिनभर पेट्रोलियम पदार्थ अभाव, उपभोक्तालाई सास्ती 

पेट्रोलपम्पका संचालकहरूले मूल्य घटेपछि पेट्रोलियम पदार्थ डिपोबाट नउठाउँदा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना भएको हो ।

असार १७, २०८३

सुन्दर शिल्पकार

Petroleum shortage continues throughout the day in Bhaktapur, causing suffering to consumers

भक्तपुर — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि भक्तपुरमा पनि दिनभर पेट्रोल र डिजेलको अभाव भएको छ । 

पेट्रोलपम्पका संचालकहरूले मूल्य घटेपछि पेट्रोलियम पदार्थ डिपोबाट नउठाउँदा बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सृजना भएको हो । जस कारण सवारीधनीहरू दिनभर पेट्रोल पम्पहरूमा लाईन लाग्न बाध्य भए । 

निगमले इन्डियन आयल कर्पोरेसनले मंगलबार पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोल लिटरमा २० रुपैयाँ र डिजेलमा प्रतिलिटर ३० रूपैयाँ मूल्य घटाएको थियो । 

पम्प सञ्चालकहरुले आफूसँग सञ्चित पेट्रोलियमम पदार्थ बेचिसकेपछि मात्रै साँझबाट डिपोबाट पेट्रोलियम पदार्थ उठाउन थालिएको भक्तपुरमा पम्प संचालक प्रविन नायभा श्रेष्ठले बताए । उनका अनुसार साँझदेखि अधिकांश पम्पहरूले पेट्रोल र डिजेल बिक्री गर्न थालेका हुन् । पम्पहरूमा उपभोक्ता लाइनमा छन् ।

Petroleum shortage continues throughout the day in Bhaktapur, causing suffering to consumers

Petroleum shortage continues throughout the day in Bhaktapur, causing suffering to consumers

सुन्दर

Link copied successfully