गुरूकुलमा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

भक्तिवेदान्त गुरूकुलमा अध्ययनरत बालकमाथि दुर्व्यवहार भएको आरोपमा इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठ पक्राउ

असार १, २०८३

कान्तिपुर संवाददाता

ISKCON director arrested for allegedly abusing students at Gurukul

काठमाडौँ — बुढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) अन्तर्गत सञ्चालित भक्तिवेदान्त गुरूकुलमा अध्ययनरत बालकमाथि दुर्व्यवहार भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले कान्तिपुरलाई बताए । उनलाई पाँच दिनदेखि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको उनको भनाइ छ ।

'एक जना बालक परिवारबाट बालबालिका ऐनविरुद्धको कसुर भएको विषयमा जाहेरी परेको थियो,' उनले भने, 'त्यसको अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको हो ।'

पीडित पक्षले गुरूकुलमा ती बालकलाई शारीरिक र मानिसक यातना दिएको समेत आरोप लगाएको छ ।  

कान्तिपुर

Link copied successfully