लैगिंक हिंसा रोकथामका लागि राज्यले महिलाहरुमा लगानी बढाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा सोमबार आयोजित कार्यक्रमहरुमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुले राज्यले गरिरहेको लगानी र महिलाहरुले अहिले भोग्नुपरिरहेको अवस्थाबारे विमर्श गरे ।
केही महिनाअघि एक दम्पती फेसबुक र टिकटकमा आफ्नी छोरीको चरित्रहत्या भएको उजुरी लिएर भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो आइपुगे । साथमा थिइन् १६ वर्षीया छोरी । घटना सम्झँदै ब्युरोका प्रहरी निरीक्षक राजकुमार खड्गी भन्छन्, ‘मानसिक रूपमा किशोरी विक्षिप्त थिइन् ।’
गत बुधबार भाइटीकाको साइतकै बेला, दिदीबहिनी दाजुभाइलाई सप्तरंगी टीकासँगै मखमली र सयपत्रीका माला लगाइदिँदै गर्दा कोही भने भारी मनसहित मजदुरीका लागि विदेशिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज कुर्दै थिए ।
जाजरकोटको सदरमुकाम खलंगाबाट राहत सामग्री आउँदै छ भन्ने सुनेपछि गत आइतबार बिहान भेरी नगरपालिका–१, रावत गाउँकी कमली विक १० वर्षे छोरो डोर्याउँदै हतारहतार सडकतिर लागिन् । केही पर पुगेपछि कमलीका छोरा पढ्ने दीपेन्द्र प्रावि आइपुग्यो ।
जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प प्रभावित क्षेत्रमा सोमबार राहत पुर्याएको दाबी गरे पनि अधिकांश पीडितसम्म पुग्न सकेको छैन । शुक्रबार रातिको भूकम्पबाट जनधनको क्षति भएर विस्थापित भएकाहरू बारी र कान्लामा खुला आकाशमुनि त्रिपाल टाँगेर चिसो रात बिताइरहेका छन् । सोमबार अपराह्न फेरि भूकम्पको धक्का गएपछि उनीहरू झन् त्रसित बनेका छन् ।
१७ वर्षकै उमेरमा मिस्त्रीको काम सिकेका जयबहादुर थापा घर बनाउन भारतको लद्दाखसम्म पुगे । आठबिसकोट नगरपालिका–१४ को छेपारे गाउँका उनी २०७२ को भूकम्पले ढलेका घर उठाउन सिन्धुपाल्चोक, काभ्रे, दोलखा र ललितपुर पुगे । उनीसहित रुकुम पश्चिम र जाजरकोटका १५ जनाको एउटा मिस्त्री टोली नै थियो ।
भूकम्पपछि टाँगिएको पालमाथि बिहानीको झुल्के घाम ठोक्कियो । एक साताकी सुत्केरी पवित्रा विक शीतले ओस्सिएका चार वटा लुगाथाङ्ना बोकेर बाहिर निस्किइन् । पालमाथि लहरै मिलाएर सुकाइन् । पहिलो पटक सुत्केरी भएकी १८ वर्षीया पवित्राले छोरी जन्मिएपछि तीन दिनमात्रै घरको बास पाइन् । शुक्रबार मध्यरातको भूकम्पले घरै चर्किएपछि उनीहरू बारीमा पाल टाँगेर बस्न बाध्य छन् । ढुंगामाटोले बनाएको दुईतले घर चिराचिरा परेको छ ।
निदाउनै लाग्दा भूकम्पले घर भत्कायो । जाजरकोट सदुरमुकाम खलंगाका लोकेन्द्र कार्की र उनकी आमा पनि त्यहीँ पुरिए । छरछिमेकीले चाँडै उद्धार गरेर उनीहरुको ज्यान जोगियो । खुट्टा र शरीरका केही भागमा सामान्य चोटपटक लागेको थियो । उनीहरुले त्यस रात छरछिमेकीहरुसँगै बाहिरै बिताए । भोलीपल्ट उठेपछि लोकेन्द्रलाई विसञ्चो भयो ।
पम्फा रावत शुक्रबार राति खाना खाईवरी भारतमा रहेका जेठा छोरासँग फोनमा बोल्दै थिइन् । एक्कासि जमिन हल्लिएपछि अत्यासमा परिन् । ‘हेर्दाहेर्दै घर भत्कियो,’ जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँकी उनले भनिन्, ‘घर भत्केर चार जना रातभर पुरियौं । तर भाग्यले बाँच्यौं ।’ भग्नावशेषबाट उनी, उनका पति र २ छोरालाई छिमेकीले शनिबार बिहान ८ बजे सकुशल उद्धार गरे । पम्फाका छिमेकी शुक्रराज रावतको ५ जनाको परिवार पनि रातभरि भत्किएको घरमा पुरियो ।