न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको भने ह्वाइट, ब्ल्याक र ग्रे कलरमा उपलब्ध छ ।
What you should know
काठमाडौँ — एमएडब्लु वृद्धिले एसयुभी अल न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्स सार्वजनिक गरेको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकारियाले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरेका हुन् ।
‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सीडीसी)सहितको एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम हो । यसले भौगोलिक अवस्था हेरेर एसयुभीको ग्राउन्ड क्लेरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ ।
अल न्यु दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छउच्च गतिमा ई०७ को ग्राउन्ड क्लेरेन्स स्वचालित रुपमा कम भएर एसयुभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर रहेको कम्पनीले जनाएको छ । दिपल ई०७ को पहिलो भर्सन गर्न वर्ष नेपाली बजारमा विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभीका रुपमा नेपाली बजारमा प्रवेश गरेको थियो ।
नयाँ ट्रान्सफर्मर एक्सको आगमनसाग दिपलले लक्जरी र एड्भेन्चर दुवैलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । नयाँ ई०७ मा चार वटै सिट मजास, हिटिङ, भेन्टिलेटेड र वेलकमिङ छन् । यसमा विशेष जिरो ग्र्याभिटी रिल्याक्सेसन मोड छ । जसले गाडी भित्रको वातावरणलाई वास्तवमै पर्सनल वेलनेस लाउन्जमा परिणत गरिदिने कम्पनीले जनाएको छ । पछाडिका यात्रुले पनि ट्रंक अपरेसन, डोम खोल्ने, क्लाइमेट कन्ट्रोल गर्ने र सिट फोल्डिङ नियन्त्रण गर्ने सक्नेछन् ।
अल न्यु दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र यो ह्वाइट, ब्ल्याक र ग्रे रङमा उपलब्ध छ । एमएडब्लु वृद्धिका अग्रवालले ‘इनोभेसन एमएडब्लुको डिएनएमै भएको बताए । ‘एमएडब्लुले सधैं भोलिको प्रविधिलाई आज नै प्रस्तुत गर्दै आएका छौं,’ उनले भने, ‘दिपल ई०७ ले नेपाली अटो बजारलाई पुन परिभाषित गर्नेछ ।’
