शुक्रबारदेखि सम्पर्कविहीन स्थानीय ४५ वर्षीय रश्मी रिजालको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले बताए ।
काठमाडौँ — काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा पार्क गरेर राखिएको कारभित्र एक जना महिलाको शव भेटिएको छ ।
शुक्रबारदेखि सम्पर्कविहीन स्थानीय ४५ वर्षीय रश्मी रिजालको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले बताए । परिवारले यसअघि प्रहरी कहाँ खोजतलासका लागि निवेदनसमेत दिएको थियो । उनी मोबाइल स्वीच अफ गरेर बिहान ७ बजे नै घरबाट निस्किएको पाइएको थियो । खोजी गर्ने क्रममा शनिबार दिउँसो कारभित्र शव भेटिएको घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार, उनी बी ए ई ०४१० नम्बरको कारभित्र जलेको अवस्थामा भेटिएकी थिइन् । प्रारम्भिक जाँचमा उनी आफैंले आगो लगाएको जस्तो देखिएको अधिकृतहरुको भनाइ छ ।
उनी सानिमा क्यापिटल कम्पनीमा काम गर्दै आएकी थिइन् । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
