काठमाडौंमा ईभी माइक्रोबस आठ सवारीमा ठोक्किँदा चालकको मृत्यु, चार घाइते

प्रहरीका अनुसार अनियन्त्रित रूपमा आएको माइक्रोबसले दुईवटा मोटरसाइकल, दुई ट्याक्सी, एक विद्युत् प्राधिकरणको गाडी, स्कुटर, डेलिभरी भ्यान र एक बसमा ठक्कर दिएको थियो।

श्रावण ८, २०८३

गौरव पोखरेल

EV microbus in Kathmandu crashes into eight vehicles, driver killed, four injured

काठमाडौँ — काठमाडौंमा अनियन्त्रित भएको ईभी माइक्रोबसले आठ वटा सवारीसाधनमा ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने चार जना सामान्य घाइते भएका छन्। मृत्यु हुनेमा माइक्रो चालक ५७ वर्षीय रामकृष्ण अवाल रहेका छन् । 

उनी लमजुङ स्थायी घर भई काठमाडौंको कपनमा बस्दै आएका थिए । दुर्घटनापछि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनियन्त्रित रूपमा आएको माइक्रोबसले दुईवटा मोटरसाइकल, दुई ट्याक्सी, एक विद्युत् प्राधिकरणको गाडी, स्कुटर,  डेलिभरी भ्यान र एक बसमा ठक्कर दिएको थियो। दुर्घटनामा चार जना सामान्य घाइते भएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए । उनका अनुसार दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully