यात्राको तयारी

नागरिक अगुवा देवेन्द्रराज पाण्डेले आफ्नो मृत्युपछि प्रकाशन गर्न भनेर लेखेको कविता ।

श्रावण १, २०८३

डा देवेन्द्रराज पाण्डे

Preparing for the trip
news-wrap-sec

लामो यात्रा एकतर्फी 

नजिक छ लौ त्यो पल,

बुझ्ने हो अब जीवन के हो, 

भ्रम हो वा नयाँ बिहानी? 

सत्य हो आत्मा यो अविनाशी 

खुसीयाली स्थायी मुक्तिको 

बलिया, निर्धा सबलाई अवसर 

विना पक्षपातको।

 

विना कष्ट नाम कमाएँ 

सजिलै बाँचे झन्डै शरद् गहसतक

ऋण तिर्नु छ बाँकी केही, 

World Cup 2026
news-wrap-sec

मनका बाचा कतिकति। 

कर्म नै भन्छन् मुक्ति मार्ग 

तर गरौं कहाँ के ज्ञान छैन।

 

अतृप्त मन, शरीर अशक्त

तैपनि  मुस्किल बन्न विरक्त। 

जे गरियो जता बिराइयो

रह्यो यही कमाइ, 

स्वतन्त्र हुने हो अबचाहिँ साथी

इहलोकिय हिसाब बुझाइ।

 

अज्ञानतालाई ज्ञान मानेँ, 

news-wrap-sec

रातलाई उज्यालो दिन ठानेँ,

के व्यर्थैमा बिते सब यी दिन मेरा

मात्र अहंतुष्टिको लीला रचाइ?

विकास, विकास घोक्दा घोक्दै 

विपन्न, वञ्चित जनबल भन्दै 

पोस्यौं विपरीत शक्तिलाई।

जागिर खाएँ विकास भन्दै, छोडेँ त्यसकै लागि 

पञ्चायत देखेँ, बहुदल मागेँ, रमाएँ परिवर्तन भन्दै

रट्दै लोकतन्त्र, गणतन्त्र सडकमा ‘अगुवा’ पदवी पाएँ,

विकास फेरि ओझेल पर्दा भगुवा हुन रुचाएँ । 

news-wrap-sec

 

बेला हो यो ज्ञानपथको तर थाहा छैन

कर्म न ज्ञान।

अब केही छैन 

छ त केवल समयको मनमानी।

रोगव्याधको चिन्ता छैन, न छ सुर्ता परिवारको,

पसिना छैन आँसु छैन परमधामवासी कसैको! 

 

किन डराउँछौ मृत्युदेखि खोस्टो चोला समाइ,

स्वतन्त्र हुने वेला यही हो लौ रमाऔं अब

news-wrap-sec

प्रिय साथी।

२७/२/०८३

 

डा

Link copied successfully