नौमती टोली बाजा बजाउने, बाउसे हिलो आली गर्ने ब्याडेहरु बीउ काढेर गह्रामा हुत्याउने, अनि फ्याउरी र दाँते लगाउने रोपाहारसँग हिलो छ्यापाछ्याप गर्दै रमाउने दृश्यहरू रोमाञ्चक थिए ।
पाँचथर — फिदिम-४ का लक्ष्मीप्रसाद चापागाईँको घरमा शनिबार बिहानैदेखि चहलपहल थियो । परिवारका सदस्य र छिमेकका महिला कोही खाना बनाउने, कोही फलाहार पकाउने,कोही दोपहर (पुवा) बनाउने त कोही दुना टपरी गाँस्ने । घर बाहिरको कामका लागि जिम्मेवारी पाएका पुरुषमध्ये कसैले घाँस काट्ने त कसैले गोरु स्याहार्ने जिम्मेवारी मुताबिकका काम बिहान ८ बजे भित्रै पूरा गरे ।
९६ वर्षीय पदमप्रसाद चापागाईँले सिमे भूमे र देवी देवता पुकारेर धानको बीउ चढाए पश्चात रोपाइँ सुरु भयो ।
पदमप्रसादका अनुसार फिदिम १,२,३,४र ५ नम्बरका खेतमा २०५२ सालपछि बेठी लागेको थिएन । माओवादीको 'सशस्त्र विद्रोह'पछि जिल्लाका अरू कुनै पनि बेँसीमा बेठी लाग्न छोडेको थियो ।
![Forced Labor Echoes in Bensi, Phidim [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gunjiyo-bethee-28-2572026060241-1000x0.jpg&w=1001&h=0)
![Forced Labor Echoes in Bensi, Phidim [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gunjiyo-bethee-26-2572026060236-1000x0.jpg&w=1001&h=0)
![Forced Labor Echoes in Bensi, Phidim [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/gunjiyo-bethee-17-2572026060222-1000x0.jpg&w=1001&h=0)