Forced Labor Echoes in Bensi, Phidim [Photos]

The scenes of the Naumati band playing music, the men plowing the muddy fields, the women planting rice seedlings and tossing the seeds into the furrows, and the planters joyfully splashing mud at each other were all exhilarating.

Shrawn 9, 2083

Laxmi Gautam

Forced Labor Echoes in Bensi, Phidim [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

There was a bustle at the house of Laxmi Prasad Chapagain of Phidim-4 from early Saturday morning. Among the family members and neighboring women, some were cooking meals, some were preparing snacks, some were making sweets (puwa), and some were weaving leaf plates and bowls. Among the men assigned to outdoor tasks, some cut grass while others tended to the oxen, completing their respective duties by 8 a.m.

Forced Labor Echoes in Bensi, Phidim [Photos]

साढे आठ बजे पिकअपमा नौमती बजाउँदै बाजागाजाको टोली चापागाईँको घर आइपुग्यो । तिनको स्वागतपश्चात् खाना खुवाएपछि झन्डै ५० जनाको समूह बेँसी तिर लाग्यो । अघिअघि नौमती बाजा बजाउने,पछि पछि नाचगान गर्दै हिँडिरहेका स्थानीयको उत्साह निकै रोमाञ्चक देखिन्थ्यो ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

आधा घण्टाको पैदल यात्रापछि टोली फिदिम-५ को मताने बेँसी पुगेर रोकियो ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

खेतमा ४ हल गोरु नारिए । ब्याडेहरु बीउ काढ्न त बाउसेहरु हिलो आली गर्न थाले ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

९६ वर्षीय पदमप्रसाद चापागाईँले सिमे भूमे र देवी देवता पुकारेर धानको बीउ चढाए पश्चात रोपाइँ सुरु भयो ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

नौमती टोली बाजा बजाउने, बाउसे हिलो आली गर्ने ब्याडेहरु बीउ काढेर गह्रामा हुत्याउने, अनि फ्याउरी र दाँते लगाउने रोपाहारसँग हिलो छ्यापाछ्याप गर्दै रमाउने दृश्यहरू झनै रोमाञ्चक थिए ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

क्षणभरमै रमितेहरुले खाली भएका खेतका कान्ला र भित्ता भरिए । अपराह्न साढे दुई बजे आयोजकले भेला भएका सबैलाई दुना टपरीमा खाजा स्वरूप दोपहर बाँडे । खाजापछि पुनः खेतका गह्रा बाउसे र रोपाहार र हलि कोदालेले भरिए । यो क्रम साँझसम्म निरन्तर चल्यो ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

पदमप्रसादका अनुसार फिदिम १,२,३,४र ५ नम्बरका खेतमा २०५२ सालपछि बेठी लागेको थिएन ।  माओवादीको 'सशस्त्र विद्रोह'पछि जिल्लाका अरू कुनै पनि बेँसीमा बेठी लाग्न छोडेको थियो ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

‘२०५२ सालपछि परम्परालाई निरन्तरता दिन बेठी लगाउने योजना बनाएर २ वर्ष अघि (२०८१ सालमा) बेठी लगाइयो, गत वर्ष निरन्तरता दिन नसके पनि यो वर्ष भने रमाइलो भयो,’ पदमप्रसादले भने ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

युवा पुस्ताले गाउँ छोड्दै गए,जनशक्ति अभाव हुन थाल्यो, खेतीयोग्य जमिन बाँझिन थाले, बेठी लगाउनकै लागि कुम्मायक गाउँपालिका-३ हात्ती पोखरीबाट पारिश्रमिक दिएर नौमती टोली बोलाइएको थियो । परम्परा मासिएला कि भनेर यसो गरिएको उनी सुनाँउछन् । 

Forced Labor Echoes in Bensi, Phidim [Photos]

चापागाईँको बेँसीमा नौमती बाजासँगै ४ हल गोरु,३९ रोपाहार,३२ बाउसे र ७ जना ब्याडे खटिएका थिए । 

Forced Labor Echoes in Bensi, Phidim [Photos]

रोपाहार र ब्याडेहरुले भाका फेरि फेरि असारे गीत गुन्जाउनुका साथै धित मर्नेगरी हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन लिए । बेठी लाग्दा रमिता हेर्न ज्येष्ठ नागरिक, प्रौढ, युवासँगै केटाकेटी पनि उत्साहित देखिन्थे ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

यहाँ भेला भएका युवा पुस्ताका अधिकांशले पहिलो पटक बेठी हेरेको सुनाए । ‘आज बेठीमा प्रत्यक्ष सहभागी भएर रमाइलो गरियो यसले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्न मदत पुर्‍याएको महसुस भयो,’ फिदिम-२ का देवेन्द्र बाँस्कोटाले भने ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

बेठी हेर्न फिदिम आसपासका सर्वसाधारण सँगै स्थानीय तहका जनप्रतिनिधिको पनि बाक्लो उपस्थिति थियो ।

Forced Labor Echoes in Bensi, Phidim [Photos]

फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बेठीले लोप हुनै लागेको संस्कृति संरक्षणसँगै नयाँ पुस्तालाई संस्कार र संस्कृतिबारे जानकारी दिन भूमिका खेलेको टिप्पणी गरे । गोरु जोत्दै नौमती बाजा बजाएर रोपाई गर्दा धान उत्पादन वृद्धि हुने विश्वास आयोजकको छ । 

Forced Labor Echoes in Bensi, Phidim [Photos]
Forced Labor Echoes in Bensi, Phidim [Photos]
Forced Labor Echoes in Bensi, Phidim [Photos]
Forced Labor Echoes in Bensi, Phidim [Photos]
Forced Labor Echoes in Bensi, Phidim [Photos]
Forced Labor Echoes in Bensi, Phidim [Photos]
Forced Labor Echoes in Bensi, Phidim [Photos]

Laxmi

Link copied successfully