प्रहरीका अनुसार अचेत अवस्थामा फेला परेका महिलाको उपचारको क्रममा गैंडाकोट नगर अस्पतालमा मृत्यु भएको हो ।
नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोटमा अचेत अवस्थामा फेला परेका दुई जना महिलाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक चौरमा फेला परेका गैंडाकोट–१२ हर्कपुरमा डेरा गरी बस्दै आएकी बागलुङ जैमिनी नगरपालिका–९ की ३८ वर्षीया कविता राई र गैंडाकोट-१० बस्ने भोजपुरकी ४५ वर्षीया कान्छी राईको मृत्यु भएको हो । उनीहरु गैंडाकोटमै कृषि र पशुपालनमा काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार अचेत अवस्थामा फेला परेका महिलाको उपचारको क्रममा गैंडाकोट नगर अस्पतालमा मृत्यु भएको हो । पोस्टमार्टमपछि मात्र घटनाको थप विषय पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
