अनशनस्थलमै पुगेर गोविन्द केसीविरुद्ध नाराबाजी

अनशन स्थलमै पुगेर स्थानीयले तत्काल अनशन तोड्नुपर्ने दबाब दिँदै नाराबाजी गरेका हुन् ।

श्रावण ९, २०८३

रञ्जना बिसी

Slogans Chanted Against Govinda KC at the Protest Site

कैलाली — धनगढीको कृष्ण मन्दिरमा तीन दिनदेखि अनशनरत डा. गोविन्द केसीविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

अनशन स्थलमै पुगेर उनीहरुले तत्काल अनशन तोड्नुपर्ने दबाब दिँदै नाराबाजी गरेका हुन् । सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डा. केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सिर्जना गर्न खोजेको स्थानीयको आरोप छ । प्रदर्शनस्थलमा भिड नियन्त्रण गर्न सुरक्षाकर्मी खटिएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि केसीलाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ । उनका सहयोगी डा. अमृत जैसीका अनुसार  केसीको शरीरमा सुगरको मात्रा निकै घटेर ५० पुगेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको र डा. जैसीले जानकारी दिए ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औं अनसन सुरु गरेका थिए ।

रञ्जना

Link copied successfully