जोरपाटीमा एसएलआर राइफलका गोलीसहित एक जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नक्साल ज्यापुटोल घर भई हाल जोरपाटी टेलिकम नजिक डेरा गरी बस्दै आएका ४३ वर्षीय विकास महर्जन छन् ।

श्रावण ८, २०८३

कान्तिपुर संवाददाता

One arrested in Jorpati with SLR rifle bullets

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट एसएलआर (सेल्फ लोडिङ राइफल) मा प्रयोग हुने ६ राउन्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नक्साल ज्यापुटोल घर भई हाल जोरपाटी टेलिकम नजिक डेरा गरी बस्दै आएका ४३ वर्षीय विकास महर्जन छन् ।

प्रहरीका अनुसार ग्यास सिलिन्डर चोरीमा संलग्न रहेको आशंकाका आधारमा प्रहरी चौकी जोरपाटीबाट खटिएको टोलीले महर्जन बस्दै आएको डेरा कोठामा खानतलासी गरेको थियो । त्यसक्रममा कोठाभित्रबाट एसएलआर राइफलमा प्रयोग हुने ६ राउन्ड गोली फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

महर्जनलाई बरामद गोलीसहित आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ । गोली कहाँबाट ल्याइयो र कुनै कुनै आपराधिक गतिविधिसँग सम्बन्धित छ/छैन भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully