२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रकाश बुढाथोकी

प्रकाश बुढाथोकीका लेखहरु :

राजनीतिकर्मीको उपचारमा जनताको पैसा

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलका लागि भारतमा लागेको उपचार खर्च बेहोर्ने निर्णयले जनस्वास्थ्य ऐनको ठाडै उल्लंघन गरेको छ । जनस्वास्थ्य सेवा ऐन–२०७५ को दफा ३० लेखिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन ।’ अर्कातिर, आम नेपाली उपचार खर्च बेहोर्न नसकेर जीवनभरि रोग पालेर बस्न वा अकाल मृत्युवरण गर्न बाध्य छन् ।

बढ्दो वायु प्रदूषण

संयुक्त राष्ट्र संघका अनुसार, हरेक १० मध्ये ९ जनाले प्रदूषित हावामा सास फेर्ने भएकाले मृत्युको एक नम्बर कारक वायु प्रदूषण बनेको छ । विश्व स्वास्थ्य संगठनको अनुमानमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिको मृत्यु हुन्छ ।

स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षा

छोराको टाँका नकाटेको भन्दै भदौ २ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा चिकित्सक करण साहमाथि अस्पताल प्रशासनकै कर्मचारी धनबहादुर शाहीले गरेको कुटपिटको विरोध गर्दै देशभरिका स्वास्थ्यकर्मी शान्तिपूर्ण आन्दोलनमा छन् ।

दाँतको सरसफाइले रोक्छ अनेक रोग

के शिक्षित र अशिक्षित, के शिक्षक र विद्यार्थी, के गरिब र धनी, सबै तह र तप्कामा नियमित दन्त परीक्षणको अनुभव रहेको पाइँदैन । कुनै समस्या, असह्य पीडा वा जटिलता भए मात्र चिकित्सककहाँ पुग्ने चलन छ । धेरैजसोले नि:शुल्क स्वास्थ्य शिविरमा वा टुथपेस्ट र ब्रस बाँडेको शिविरमा परीक्षण गराएको बताउँछन् । त्यसो त दाँतमा समस्या भईभई शिविरको प्रतीक्षामा बस्नेहरू पनि कम हुन्नन् । विदेश जाने, वैदेशिक रोजगारीमा जानेहरू, विदेशमा उपचार महँगो हुन्छ भन्ने हल्ला सुनेकाहरू देश छाड्नुअघि परीक्षण गराउने गर्छन् ।

जाडोमा संक्रमण

अहिले ठूला दल महाधिवेशनमा व्यस्त छन् । कोभिड महामारी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन, त्यसमाथि ओमिक्रोन भेरिएन्ट पनि फैलँदै छ, यस्तोमा हजारौं मानिस जम्मा भएर गरिने कार्यक्रमले संक्रमणको जोखिम बढाएको छ । संक्रमणबाट जोगिँदै यस्तो चिसोमा स्वास्थ्यको उत्तिकै ख्याल गर्नुपर्छ ।

‘मास्क खोइ ?’

कोभिडबाट जोगिने सबैभन्दा प्रभावकारी, सजिलो, सस्तो र वैज्ञानिक उपाय हो— मास्क लगाउनु । यसले कोभिड बिरामीको सम्पर्कमा आए पनि, तिनको थुक तथा र्‍याललाई नाकसम्म आउन दिँदैन । कसैको शरीरमा रोग छ भने, भाइरसयुक्त छिटा कम निस्की अरू संक्रमित हुने सम्भावना घट्छ ।