यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको बैंकको दाबी छ ।
काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको बैंकको दाबी छ ।
यसअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन् ।
