एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको २ हजार रन पूरा

नेदरल्यान्ड्समा सोमबार नामिबियाविरुद्ध क्रिकेट विश्वकप लिग २ मा २२ रन बनाएपछि आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २ हजार रन पूरा गरेका हुन्

श्रावण ११, २०८३

विनोद पाण्डे

Asif completes 2,000 runs in One Day International cricket

काठमाडौं — आसिफ शेख नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन बनाउने दोस्रो खेलाडी बनेका छन् । नेदरल्यान्ड्समा सोमबार नामिबियाविरुद्ध क्रिकेट विश्वकप लिग २ मा २२ रन बनाएपछि आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २ हजार रन पूरा गरेका हुन् । 

कप्तान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट २ हजार रन बनाउने पहिलो खेलाडी हुन् । रोहितले ८७ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ शतक र १२ अर्धशसतकसहित २ हजार २४६ रन बनाइसकेका छन् । आसिफले ७३ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै २ हजार रन पूरा गरेका हुन् ।

सन् २०२१ मा ओमान भ्रमणमा पपुवा न्यु गिनीविरुद्ध आसिफले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । त्यसयता उनले १ शतक र १५ अर्धशतक प्रहार गरिसकेका छन् । उनी नेपालबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर समेत हुन् । सन् २०२३ मा आसिफले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यु गिनीविरुद्ध ११० रन बनाएका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एकमात्र शतक हो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully