२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नीलम शर्मा

नीलम शर्माका लेखहरु :

गरिबीविरुद्धको उच्च आरोहण कति सफल ?

दिगो विकास लक्ष्यको १ नम्बर बुँदाले सन् २०३० भित्र सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य लिएको छ । तर कोभिडपश्चात् खस्किएको विश्वकै आर्थिक स्थितिलाई सुधार्न र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सबै सूचक पूरा गर्न तत्काल विशेष रणनीति तय र कार्य पूरा गर्नुपर्ने, अन्यथा लक्ष्यप्राप्ति सम्भव नहुने संयुक्त राष्ट्र संघकै भनाइ छ ।

शरणार्थी, मानव बेचबिखन र तस्करी

विश्वमा संगठित अपराधको सूचीमा मानव बेचबिखन र तस्करी दोस्रो नाफामूलक आपराधिक व्यापारमा पर्छन् । संयुक्त राष्ट्रसंघका अनुसार, संगठित अपराधबाट विश्वको कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ७ प्रतिशत (१.६ ट्रिलियन डलर) बराबरको रकम कारोबार हुने गर्छ ।

एउटा गीतको समाजशास्त्र

पछिल्लो तथ्यांकअनुसार नेपालको ४१ प्रतिशत जनसंख्याले सामाजिक सञ्जाल प्रयोग गर्छ । यदि तपाईं टिकटकमा हुनुहुन्छ वा युट्युब हेर्नुहुन्छ भने अहिले कुन गीत ट्रेन्डिडमा छ, भनिरहनु परेन । ट्वीटर र फेसबुकतिर हुनुहुन्छ भने पनि तपाईं पक्कै जानकार हुन सक्नुहुन्छ ।

समृद्धि र सामाजिक न्याय सँगसँगै

केही वर्षयता नेपालमा सबैभन्दा बढी प्रयोग भएको शब्दमध्ये एउटा ‘समृद्धि’ हुन सक्छ । गएका निर्वाचनहरूमा राजनीतिक पार्टीका घोषणापत्रमा लेखिएका, भाषणहरूमा बोलिएका र वाचा गरिएका कुराहरू पढ्ने–सुन्ने हो भने देश समृद्धितिरै मुखरित हुँदै छ भन्ने भान पक्कै हुन्छ ।

विस्तार हुँदै आधुनिक दासत्व

वाक फ्री र आईएलओको पछिल्लो प्रतिवेदन अनुसार, संसारभर ५ करोड मानिसले आधुनिक दासका रूपमा बाँचिरहेका छन्, जुन पाँच वर्षअघिको भन्दा झन्डै १ करोड बढी हो ।

बाँधा कृषि–श्रमिक र मुक्तिका सपना

संसारमा दास प्रथाको सुरुआत कहिले भयो ? इतिहास र तथ्यहरू हेर्दा, झन्डै नौ हजार वर्षअगाडि, पहिलो पटक मेसोपोटामियामा जमिनको स्वामित्वका निम्ति भएको युद्धमा हारेका दुस्मनहरूलाई बन्दी बनाएदेखि दास प्रथा देखा परेको हो । त्यस बेला सुरु भएको दास प्रथा आजसम्म संसारभरि नै यो वा त्यो रूपमा कायमै छ ।

जनगणना र घरेलु श्रममाथिको राजनीति

भनिन्छ, जनगणना राष्ट्रका लागि हरेक दस वर्षमा आउने उत्सव हो । देशको समग्र अवस्था झल्काउने तथ्य र तथ्यांकहरू तयार र प्रस्तुत गर्ने यस अभियानले देशका लागि नीति, रणनीति र भावी कार्यदिशा तय गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ ।

वयस्क मनोरञ्जन व्यवसाय : जोखिम र व्यवस्थापन

नेपालमा वयस्क मनोरञ्जन व्यवसाय भनेर डान्स बार, क्याबिन रेस्टुरेन्ट, दोहोरी, मसाज पार्लर, खाजाघर र गेस्टहाउसहरूलाई परिभाषित गरिएको छ । यो क्षेत्रलाई नेपालमा तुलनात्मक रूपमा नयाँ र फस्टाउँदो व्यवसायका रूपमा हेरिन्छ । खास गरी, सन् ’८० को दशकयता अन्तर्राष्ट्रिय सहायता र व्यापार सम्बन्ध बढेसँगै नेपालमा उपभोक्ता अर्थव्यवस्था र उपभोग संस्कृतिको विकास हुन थाल्यो ।

विपद् व्यवस्थापनमा लैंगिकता

प्राकृतिक प्रकोपका कारण नेपालमा बर्सेनि सयौं मानिसको मृत्यु हुने गरेको छ, हजारौं परिवार र समुदाय नै विस्थापित हुने गरेका छन् । हरेक वर्ष जेठ–असारमा सुरु भएर भदौ–असोजसम्म बाढीपहिरोले लाखौंको धनजन क्षति हुने गरेको छ ।