कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

काठमाडौँ — निर्वाचन आयोगले बिहीबार उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले बिहीबार शितलनिवास पुगेर वैशाख १५ गते प्रतिनिधि सभा इलाम-२ र बझाङ प्रदेशसभा-१ मा भएको उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हु्न् ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले तोकेको संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सिलसिलामा सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गरी प्रतिवेदन पेश गरेकोमा आयोगलाई धन्यवाद दिए । उनले उपनिर्वाचनबाट प्रतिनिधि सभा र सुदूरपश्‍चिम प्रदेश सभाले पूर्णता पाएको भन्दै खुसी समेत व्यक्त गरे ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न गर्न आयोगलाई सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे । उनले भयरहित वातावरणमा निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सार्वभौम अधिकारको सुनिश्‍चितताका लागि आयोग सदैव क्रियाशील रहेको बताए ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता राम दत्त पाण्डेयका अनुसार प्रतिवेदनमा निर्वाचन कार्यक्रम, राजनीतिक दल दर्ता, निर्वाचन सामग्रीको व्यवस्थापन, जनशक्ति व्यवस्थापन, निर्वाचन आचारसंहिता, मतदान तथा मतगणना व्यवस्थापन, मत परिणाम लगायतका विवरण समावेश गरिएको छ।

प्रकाशित : वैशाख २०, २०८१ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?