कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ : मन्त्री तामाङ

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् ।

पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ : मन्त्री तामाङ

बिहीबार काठमाडौंमा 'जाउँ हिँड रेसुङ्ग' अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई अहिलेको स्थितिबाट माथि उठाउन पनि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए ।

मुलुकलाई समुन्नत बनाउने आर्थिक आधारहरुमध्ये पर्यटन क्षेत्र पनि एक भएको उनले उल्लेख गरे । उनले पर्यटन क्षेत्रको विकासद्वारा नै रोजगारी सिर्जना र मुलुक समृद्ध बनाउनसक्ने बताए । उनले बसाइँसराईको प्रक्रियालाई पनि पर्यटकीय क्षेत्रको विकासद्वारा रोक्न सकिने बताए ।

‘हामीले मुलुकलाई समुन्नत बनाउनको निमित्त आर्थिक आधारहरुमध्ये पर्यटनको क्षेत्रलाई पनि एउटा महत्वपूर्ण आधारको रुमपा लिएका छौं । पर्यटन क्षेत्रको विकासद्वारा नै हामीले रोजगारी सिर्जना गर्नसक्छौं र मुलुकलाई आर्थिक रुपबाट समृद्ध बनाउन सक्छौं,' उनले भने, 'अहिले जुन हिसाबले जनसमुदायको स्थानान्तरण जसरी हुने गरेको छ, त्यो स्थानान्तरणको प्रक्रियालाई पनि यस्तै पर्यटकीय क्षेत्रको विकासद्वारा मात्रै रोक्न सकिन्छ । जनसमुदायले आस मारेका ठाउँलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नसके त्यसबाट हामीले धेरै कुरालाई, विकास निर्माणका पूर्वाधारहरुलाई केन्द्रित गर्नसक्ने हो मुलुकमा एउटा खालको समृद्ध नेपालको निमित्त महत्वपूर्ण आधार बनाउन सकिन्छ ।’

मन्त्री तामाङले गाउँ गाउँमा विकास निर्माणका पूर्वाधारहरुलाई केन्द्रित गरी पर्यटकीय गन्तव्य बनाउन सके समृद्ध नेपालको महत्वपूर्ण आधार बन्ने बताए ।

प्रकाशित : वैशाख २०, २०८१ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?