कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ मा चार ट्रेन्ड घाेषणा

काठमाडौँ — एशियन पेन्ट्स नेपालकाे यस वर्षका लागि साेइल, इन्टु दी डिप, गाेबिन माेड र रेट्राे फ्युचरिज्म ट्रेन्ड घाेषणा गर्दै कलर नेक्स्ट २०२४ सकिएकाे छ । कार्यक्रममा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स  र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।

एशियन पेन्ट्स नेपालको कलर नेक्स्ट २०२४ मा चार ट्रेन्ड घाेषणा

एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ । जसमा विश्वव्यापी, सामाजिक-सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पुर्‍याउँदै आएको छ । सहभागीहरूले विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड )का लागि साेइल, इन्टु दी डिप, गाेबिन माेड र रेट्राे फ्युचरिज्म ट्रेन्डहरू पत्ता लगाएका हुन् ।

कलर नेक्स्ट २०२४ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका सिइओ प्रज्ञान कुमारले स्वागत गरेका थिए । एशियन पेन्ट्स ग्लोबलका रिजनल हेड सिरीश राव र एशियन पेन्ट्स नेपालका कन्ट्री हेड गोपालकृष्णनले संक्षिप्त प्रस्तुति दिएका थिए । जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको थियो ।

एशियन पेन्ट्सका कलमइस्ट इंडिटर तथा सिनियर एडभाइजर मञ्जु सारा राजनले 'टेरा' लाई कलर अफ द इयर २०२४ को रूपमा प्रस्तुत गरिन् । जुन प्रकृतिका कच्चा र प्रामाणिक तत्वहरूबाट प्रेरित सान्त्वनादायी र ग्राउन्डिङ शेड हो । यो रंगले न्यानोपन र सम्बन्धको भावना जगाउँछ र आजको द्रुत गतिको संसारमा भावनात्मक स्थिरताको अभयारण्य प्रदान गर्दछ ।

प्रकाशित : जेष्ठ ४, २०८१ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×