कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

विद्युत् उत्पादन गर्ने आयोजनालाई आगामी १० वर्षसम्म आयकर छुट दिन आग्रह

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी २० प्रतिशत पुर्‍याउन आग्रह गरेका छन् । इप्पानको २२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले हरेक वर्ष २ प्रतिशतका दरले वृद्धि गर्दै १० वर्षमा २० प्रतिशत पुर्‍याउने अनिवार्य व्यवस्था गर्न आग्रह गरेका हुन् ।

विद्युत् उत्पादन गर्ने आयोजनालाई आगामी १० वर्षसम्म आयकर छुट दिन आग्रह

हाल बैंक तथा वित्तीय संस्थाको कुल लगानीको १० प्रतिशत मात्रै ऊर्जा क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ । ‘सरकारले सन् २०३५ भित्र उत्पादन गर्ने लक्ष्य राखेको २८ हजार पाँच सय मेगावाटका लागि ६१ खर्ब आवश्यक पर्ने प्रक्षेपण ऊर्जा, जलस्रोत तथा सिँञ्चाइ मन्त्रालयले गरिसकेको छ,’ उनले भने, ‘यो लक्ष्य हासिल गर्नका लागि समेत बैंकहरुले ऊर्जामा लगानी बढाउनुपर्ने आवश्यकता छ ।’

आर्थिक वर्ष २०८२/०८३ सम्म विद्युत् उत्पादन गर्ने आयोजनालाई पहिलो १० वर्षसम्म शतप्रतिशत र त्यसपछि ५ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०९२/०९३ सम्म विद्युत् उत्पादन गर्ने आयोजनालाई यही व्यवस्थाअनुसार आयकर छुट दिने व्यवस्था गर्न उनले माग गरे ।

गत आर्थिक वर्षसम्म १ प्रतिशत मात्र भन्सार तिरेर विद्युत् आयोजनाको मर्मत सम्भारमा प्रयोग हुने मेसिनरी उपकरण आयात गरिरहे पनि चालु आर्थिक वर्ष २८ प्रतिशत पुर्‍याइँदा ऊर्जा आयोजनाहरूको लागत धेरै बढ्न गएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ४, २०८१ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×