कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

संसद्‍मा कांग्रेसले असभ्य व्यवहार देखायो : एमाले अध्यक्ष ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‍मा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको ओलीको भनाइ थियो । 

संसद्‍मा कांग्रेसले असभ्य व्यवहार देखायो : एमाले अध्यक्ष ओली

बिहीबार बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोस्ट्रममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोस्ट्रममा जान इसारा गरेका थिए । अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ ।

अध्यक्ष ओलीले शुक्रबार त्यसबारेमा संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए ।

‘भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ । सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला,’ उनले भने । अध्यक्ष ओलीले कांग्रेस सांसदहरूले सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै आफूमाथि असभ्य व्यवहार गरेको दाबी गरे ।

प्रकाशित : जेष्ठ ४, २०८१ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x