कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौँ — नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको निधन भएको छ । किरणको ९४ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रुपमा सेवा गरेकी थिइन् ।

२०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रुपमा काम गरेकी थिइन् । उनी २०४६ सालमा सेवानिवृत्त भएकी थिइन् । किरण शिक्षासेवी र सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित थिइन् ।

उनको बिहीबार नै पशुपति आर्यघाटमा दाहासंस्कार गर्ने कार्यक्रम छ ।

प्रकाशित : वैशाख २०, २०८१ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?