युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभीको मूल्य ५७ लाख ९० हजारदेखि उपलब्ध छ,
काठमाडौँ — नेपाली बजारमा नयाँ स्कोडा कुशाक सार्वजनिक गरिएको छ ।
‘रियल ड्राइभर्स वान्टेड’ ट्यागलाइनसहित स्कोडा सार्वजनिक गरिएको हो । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लू एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा नयाँ कुशाकको अनावरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एसयूभी ८–स्पिड अटोमेटिक ट्रान्समिसन तथा डीएसजी ट्रान्समिसनले सुसज्जित स्कोड कुशाकले उत्कृष्ट नियन्त्रण र सहज प्रतिक्रिया प्रदान गर्दै वास्तविक ड्राइभिङको आनन्द दिने विज्ञप्तिमा जनाइएको छ ।
‘युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभीको मूल्य ५७ लाख ९० हजारदेखि उपलब्ध छ, जसले विश्वस्तरीय ड्राइभिङ अनुभवलाई अझ सहज पहुँचमा ल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
स्कोडा नेपालले कुशाकलाई नेपालमा चालककेन्द्रित एसयूभीको स्पष्ट पहिचानसहित अझ सुदृढ बनाएको बताइएको छ ।
‘कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन । यही नै यसको वास्तविक मूल्य हो,’ विष्णुकुमार अग्रवालले भने ।
यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिका लागि बनाइएको रौनक अग्रवालको भनाइ छ । ‘हामी उहाँहरूलाई यसको विशेषताबारे सुन्न मात्र होइन, आफैं अनुभव गर्न आग्रह गर्छौैं,’ उनले भने ।
