पाँच वर्षको कठोर प्रशिक्षणले जन्मेको ‘एक्सजी’, जसको संगीतमा झुमिरहेछ विश्व

पूर्व के-पप आइडलसमेत रहेका कोरियोग्राफर तथा संगीतकार ज्याकोप्सले ग्लोबल गर्ल ग्रुप बनाउने उद्देश्यले ७ जापानी युवतीलाई सन् २०१७ देखि २०२२ सम्म गायन, र्‍याप र विशेष गरी नृत्यमा पोख्त बनाइ ‘एक्सजी’ ब्यान्ड तयार पारेका थिए ।

असार २१, २०८३

बीबीसी

'XG', born from five years of rigorous training, is the world's music that is moving

लन्डन — हरेक रात स्टेजमा उक्लिनुअघि जापानी पप ग्रुप ‘एक्सजी’ का सात सदस्यहरू एउटा गोलो घेरा बनाउँछन्, एकअर्काको हात समात्छन् र ग्रुप लिडर जुरिनको नेतृत्वमा एउटा विशेष नारा लगाउँछन्– ‘हेसोनो’ । बाँकी सदस्यहरूले पनि जोडले आकाशतर्फ हात फैलाउँदै ‘ओह्’ भनेर जवाफ फर्काउँछन् ।

यो एउटा ‘होस्टे–हैंसे’ भने जस्तै जापानी प्राचीन परम्पराको मन्त्र हो । यसको पछाडि एउटा गहिरो र भावनात्मक अर्थ लुकेको छ । जापानी भाषामा ‘हेसोनो–ओ’ को अर्थ ‘नाभी’ हुन्छ, जसले कसैको जन्मदेखिको भाग्य वा अटुट सम्बन्धलाई लाक्षणिकरूपमा बुझाउँछ ।

'XG', born from five years of rigorous training, is the world's music that is moving

समूहकी सबैभन्दा सुरुवाती सदस्य चिसाका अनुसार, उनीहरू सुरुदेखि नै एकअर्कासँग वैचारिक र भावनात्मक हिसाबले घनिष्ठ छन् । ‘हामीबीच अगाध सम्बन्ध छ, सबैको समान धारणा छ’ चिसाले भनिन्, ‘एउटा आमा र शिशुको जस्तै हामी पनि वास्तवमै एउटै नाभीले जोडिन पाए हुन्थ्यो भनेर म सुरुवाती दिनदेखि नै कल्पिन्थें ।’

लन्डनको प्रतिष्ठित वेम्बली स्टेडियममा ६ जुनमा भएको ‘क्यापिटल्स समरटाइम बल’ मा भव्य प्रस्तुति दिएको भोलीपल्ट बीबीसीसँग कुरा गर्दै यस ग्रुपका सदस्यहरूले आफ्नो संघर्ष र सफलताको कथा सुनाएका थिए ।

'XG', born from five years of rigorous training, is the world's music that is moving

‘बाँच्नका लागि गरिएको संघर्ष’

सन् २०१६ मा जापानभरिका हजारौं आकांक्षीहरूमध्येबाट यो ग्रुपका सदस्यहरू छानिएका थिए । छानिएका २१ जना प्रशिक्षार्थीलाई एउटै होस्टेलमा राखेर बिहानदेखि बेलुकासम्म गायन, नृत्य र विभिन्न कठोर तालिम दिइन्थ्यो । यो तालिम कतिसम्म कडा थियो भने, होस्टेलको तस्बिर सामाजिक सञ्जालमा हाल्दा पनि उनीहरूले ठुलो गाली खान्थे । कतिपय अवस्थामा बिरामी नहुन्जेल वा नरुँदासम्म ‘स्क्वाट्स’ (एक प्रकारको शारीरिक व्यायाम) मा लगाइन्थ्यो ।

‘एक्सजी’ की सदस्य मायाका अनुसार, त्यो उनको जीवनकै सबैभन्दा कठिन र मानसिक तथा शारीरिक संघर्षको कष्टकर दिन थियो । चिसाले त्यस अवधिलाई ‘बाँच्नका लागि गरिएको विशुद्ध संघर्ष’ को रूपमा सम्झन्छिन् । तर, यही कठिन समयले उनीहरूलाई व्यावसायिक प्रतिस्पर्धी मात्र बनाएन, बरु एउटा पारिवारिक सम्बन्ध जस्तै भएको ‘एक्सजी’ म्युजिकल ब्यान्डमा एकाकार गरायो ।

'XG', born from five years of rigorous training, is the world's music that is moving

सांगीतिक सफलता र विश्वमञ्चमा उदय

यो जापानी पप ब्यान्डको गठन निकै चाखलाग्दो छ। यो पूर्ण रूपमा जापानी सदस्यहरू भएको समूह भए तापनि यसको निर्माण, प्रशिक्षण र सञ्चालन दक्षिण कोरियाली पप (के-पप) शैलीमा भएको हो। यसको स्थापना जापानको ठूलो मनोरञ्जन कम्पनी एभेक्सको भगिनी संस्था एक्सजीएएलएक्सले गरेको थियो।

पूर्व के-पप आइडलसमेत रहेका कोरियोग्राफर तथा संगीतकार ज्याकोप्स (सिमोन साकाई) ले विश्वव्यापी स्टेजमा तहल्का मच्चाउने खालको एउटा ग्लोबल गर्ल ग्रुप बनाउने प्रोजेक्टको अवधारणा ल्याए । त्यसपछि सन् २०१७ देखि नै यस ग्रुपका लागि गोप्य रूपमा अडिसन र छनोट प्रक्रिया सुरु भएको थियो।

छानिएका जापानी बालिकाहरूलाई दक्षिण कोरिया र जापानमा राखेर ५ वर्षसम्म अत्यधिक कडा प्रशिक्षण दिइयो। उनीहरूलाई गायन, र्‍याप र विशेष गरी नृत्यमा पोख्त बनाइयो। एक्सजीएएलएक्स प्रोजेक्ट अन्तर्गत ती प्रशिक्षार्थीहरूको संघर्ष र प्रशिक्षणको यात्रालाई डकुमेन्ट्री सिरिज ‘एक्स्ट्रा एक्स्ट्रा’ मा समेटिएको छ । जून डकुमेन्ट्रीले आजको स्थानसम्म आइपुग्न उनीहरूले कति मेहनत गरेका थिए भन्ने कुरा देखाउँछ।

'XG', born from five years of rigorous training, is the world's music that is moving

फलस्वरूप लामो प्रशिक्षणबाट ब्यान्डका लागि छानिएका उत्कृष्ट ७ सदस्यहरू जुरीन, चिसा, हिनाता, हार्वे, जुरिया, माया र कोकोना मार्च २०२२ मा गीतसहित सार्वजनिक हुनुअघि नै चर्चित भईसकेका थिए । जसले उनीहरूलाई छोटो समयमै अन्तर्राष्ट्रिय पहिचान दिलायो।

एक्सजी जापानी प्रतिभा र कोरियन पप ट्रेनिङको उत्कृष्ट समिश्रणबाट बनेको एक आधुनिक ग्लोबल पप ब्यान्ड हो। उनीहरूका गीतहरू मुख्यतया अंग्रेजी भाषामा हुन्छन् । जसले गर्दा उनिहरूलाई विश्वभरका दर्शकमाझ चर्चित हुन मद्दत गरेको छ ।

पाँच वर्षको कठोर तालिमपछि, १८ मार्च २०२२ मा ‘एक्सजी’ ले आफ्नो पहिलो सिंगल ट्रयाक ‘टिप्पी टोज’ ल्यायो । हिप–हप र आर एन्ड बीको उत्कृष्ट संयोजन रहेको यस गीतले निकै छिटो विश्वका संगीतप्रेमीको ध्यान खिच्यो । पछि ‘गल्ज साइफर’ र ‘सुटिंग स्टार’ जस्ता गीतहरू टिकटक र युट्युबमा निकै भाइरल भए ।

सन् २०२५ मा अमेरिकाको प्रतिष्ठित सांगीतिक महोत्सव ‘कोचेला’ मा प्रस्तुति दिने ‘एक्सजी’ एक मात्र जापानी ब्यान्ड थियो । यो ब्यान्डको गायन शैलीलाई चल्तीको ‘के–पप’ वा ‘जे–पप’ भन्दा पनि फरक पहिचानमा ‘एक्स–पप’ भन्न थालिएको छ ।

'XG', born from five years of rigorous training, is the world's music that is moving

कोकोनाको साहस र ग्रुपको नयाँ पहिचान

गत डिसेम्बरमा आफ्नो २०औं जन्मदिनको अवसरमा ग्रुपकी सबैभन्दा कान्छी सदस्य कोकोनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू ‘ट्रान्समास्कुलिन’ र ‘नन–बाइनरी’ भएको घोषणा गरिन् । कडा नियम र अनुशासन हुने ‘जे–पप’ मा यस्तो घोषणा चानचुने आँटले सकिंदैन ।

तर, कोकोनाको यो निर्णयमा ब्यान्डका बाँकी ६ सदस्यले पनि पूर्ण समर्थन र माया दिए । घोषणाका लागि खिचिएका तस्बिरहरू ग्रुप लिडर जुरिनले खिचेकी थिइन् भने चिसाले उनको मेकअप गरेकी थिइन् । प्रशंसकहरूबाट पनि कोकोनाले ठुलो साथ र स्वीकार्यता पाइन् ।

'XG', born from five years of rigorous training, is the world's music that is moving

यस घटनापछि ग्रुपले आफ्नो नामको अर्थ नै परिवर्तन गर्‍यो । पहिले ‘एक्सजी’ को अर्थ ‘एक्स्ट्राअर्डिनरी गर्ल्स’ अर्थात् असाधारण युवतीहरू भन्ने हुन्थ्यो भने अब यसको अर्थ ‘एक्स्ट्राअर्डिनरी जीन्स’ अर्थात्, असाधारण वंशाणुहरू राखिएको छ । यसले ‘तपाई जस्तो हुनुहुन्छ, त्यस्तै रूपमा आफूलाई स्विकार्नुपर्छ र समाजका पुराना सोचहरूलाई तोड्नुपर्छ’ भन्ने बलियो सन्देश दिन्छ ।

नयाँ एल्बम ‘द कोर’ सँगै वर्ल्ड टूर

हाल ‘एक्सजी’ आफ्नो नयाँ एल्बम ‘द कोर’ को बजार प्रवर्द्धनका लागि गत ६ फेब्रुअरीदेखि विश्व सांगीतिक यात्रामा निस्केको छ । यस एल्बममा उनीहरूले आफ्नो पुरानो गायन शैलीलाई परिवर्तन गर्दै रक र डान्स विधामा केही प्रयोगहरू गरेका छन् । आगामी सेप्टेम्बरमा उनीहरूले लन्डनको ओभो एरेना वेम्बलीमा भव्य कन्सर्ट गर्दै छन् ।

तस्बिर सौजन्य : एक्सजीएएलएक्स

फिचर

बीबीसी

Link copied successfully