बर्दियामा संरक्षित वन्यजन्तु उदबिलावको आखेटोपहारसहित एक पक्राउ

संरक्षित वन्यजन्तु उदबिलाव (ओत)को आखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

श्रावण १०, २०८३

रामप्रसाद चौहान 

One arrested in Bardiya with hunted protected wildlife otter

बर्दिया — संरक्षित वन्यजन्तु उदबिलाव (ओत)को आखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका–१ दौलतपुर झोलुङ्गे पुलस्थितबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित सोही ठाउँका २७ वर्षीय अरुण सोनाहालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोनाहाको साथबाट संरक्षित वन्यजन्तु उदबिलावको ४ फिट ५ इन्च लम्बाइ र ८ इन्च चौडाइ रहेको छाला बरामद भएको छ । कर्णाली नदीको किनारमा शंकास्पद रूपमा हिँडिरहेका सोनाहालाई नियन्त्रणमा लिई जाँच गर्दा वन्यजन्तुको छाला बरामद भएको प्रहरीले जनाएको छ ।

वन्यजन्तुको छालासहित सोनाहालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully