कान्तिपुरकर्मी किलम्बु पुरस्कृत 

नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभाका अवसरमा कान्तिपुरकर्मी किलम्बु पुरस्कृत भएका हुन् ।

श्रावण ९, २०८३

सुन्दर शिल्पकार

Kantipur staffer Kilambu awarded

भक्तपुर — कान्तिपुरकर्मी नारायण किलम्बु ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन्। 

नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभाका अवसरमा कान्तिपुरकर्मी किलम्बु पुरस्कृत भएका हुन् । उनलाई प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठले सम्मानपत्र र १० हजार राशि प्रदान गरे । 

उनलाई भक्तपुरको कला, संस्कृति र सम्पदाको संरक्षण तथा मुलुकको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले आफ्ना माता–पिताको सम्झनामा स्थापना गरेका हुन् । 

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले लोकतन्त्रमा आफ्नो जातजाति, जात्रा, धर्म, पर्व, भाषा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न पाउनु संवैधानिक अधिकार भएको बताए ।

सुन्दर

Link copied successfully