रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।
काठमाडौँ — चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी शनिबार साँझ भोटेकोसीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ । रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।
सो सवारीसाधन भन्सार जाँचपास गराई काठमाडौँ ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीको दक्षिण चिलिमे जलविद्युत् केन्द्र नजिक भोटेकोसीमा खसेको सहायक प्रजिअ अधिकारीले बताए ।
घटनाको सूचना पाउँनासाथ खोज र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको र भौगोलिक असहजतालाई कुनै प्रवाह नगरी खोजीकार्य तीव्र रूपमा भइरहेको समेत सहायक प्रजिअ अधिकारीले बताए ।
