मकवानपुरमा अटो दुर्घटनामा परी चालकको मृत्यु

ओरालोमा अनियन्त्रित भई सडकबाट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

श्रावण ९, २०८३

प्रताप विष्ट

Auto driver killed in accident in Makwanpur

हेटौंडा — मकवानपूरमा पुर्वी क्षेत्रमा पर्ने फापरबारी बेतिनीको भित्री सडकमा अटो दुर्घटनामा चालकको मृत्यु भएको छ ।

बागमती गाउँपालिका-६ साईटारमा अटो दुर्घटना हुँदा बागमती गाउँपालिका-७ लामिटारका ३६ वर्षिय चालक दीपक वाइबाको मृत्यु भएको हो । बेतिनीवाट फापरबारीतर्फ आउँदै गरेको ना २ ह २१२३ नम्बररको अटो ओरालोमा अनियन्त्रित भई सडकबाट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका  प्रहरी निरिक्षक सुनिल थापाले बताए ।

अटोमा चालक मात्र थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully