मर्स्याङ्दी नदी किनारमा महिलाकाे शव फेला

आइतबार दिउँसाे नदी किनारमा महिलाको शव भेटिएकाे प्रहरीले जनाएकाे छ ।

श्रावण १०, २०८३

हरिराम उप्रेती

Woman's body found on the banks of the Marsyangdi River

गाेरखा — गोरखा नगरपालिका-१४ नारीघाटस्थित मर्स्याङ्दी नदी किनारामा बेवारिसे अवस्थामा महिलाकाे शव भेटिएकाे छ ।

आइतबार दिउँसाे नदी किनारमा शव भेटिएकाे प्रहरीले जनाएकाे छ । शवकाे पहिचानका लागि बुझ्ने काम भइरहेकाे जिल्ला प्रहरी कार्यलय गाेरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

अन्दाजी ३५४० वर्ष उमेरको जस्तो देखिने महिलाको शव फेला परेकाे उनले बताए । शव पाेस्टमार्टमका लागि गाेरखा अस्पताल ल्याइएकाे र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully