पूर्वी रोल्पामा पहिरोमा पुरिए दुई महिला

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो सवा १ बजेतिर दुई महिला पहिरोमा पुरिएका हुन् । उनीहरु गाईबाख्रा चराउन गएका थिए ।पहिरोमा केही पशुचौपाया पनि पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

श्रावण ९, २०८३

काशीराम डाँगी

Two women buried in landslide in Eastern Rolpa

काठमाडौँ — पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमको दवाङ लेकमा गोठाला गएका दुई महिला पहिरोमा पुरिएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो सवा १ बजेतिर दुई महिला पहिरोमा पुरिएका हुन् । उनीहरु गाईबाख्रा चराउन गएका थिए ।पहिरोमा केही पशुचौपाया पनि पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ । 

पहिरोमा पुरिएका दुई महिलाको उद्धार‍पछि मात्रै सनाखत हुने स्थानीयले बताएका छन् । स्थानीयसहित इलाका प्रहरी कार्यालय पोवाङका प्रहरी वरिष्ठ नायब निरीक्षक सुविन शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ । 

घटनास्थल पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक आरबी चन्दले बताए । घटनास्थलमा सुलिचौरस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अनिल चौधरीसहितको प्रहरी टोली पनि पुगेको छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully