सञ्चालनमा आयो ग्रेडिया डटकम

अर्डर गरिएका सामान ट्रान्सफर/डेलिभरीका क्रममा सुरक्षित रहोस् भन्न सामानको बिमाको व्यवस्था गरिएको छ, जसले गर्दा ग्राहकलाई सामान हराउने वा बिग्रिने डर नहुने कम्पनीले जनाएको छ ।

श्रावण ११, २०८३

कान्तिपुर संवाददाता

Gradia.com has launched

काठमाडौँ — ई–कमर्स प्लेटफर्म ग्रेडिया डटकम औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

यसले नेपाली ग्राहक तथा व्यवसायीहरूलाई विश्वभरका लाखौं उत्पादनमा प्रत्यक्ष पहुँच पुर्‍याउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले गुणस्तरीय उत्पादनलाई प्रतिस्पर्धी तथा किफायती मूल्यमा उपलब्ध गराउँदै अनलाइन खरिददारीलाई पहुँचयोग्य र व्यवस्थित बनाउने लक्ष्य राखेको विज्ञप्तिमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय तथा स्थानीय बजारबाट सामान मगाउँदा आइपर्ने जोखिम कम गर्न कम्पनीले सामानको बिमा र भुक्तानीलाई थप सरल बनाउन आफ्नै रोजाइको बैंकबाट सोझै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

अर्डर गरिएका सामान ट्रान्सफर/डेलिभरीका क्रममा सुरक्षित रहोस् भन्न सामानको बिमाको व्यवस्था गरिएको छ, जसले गर्दा ग्राहकलाई सामान हराउने वा बिग्रिने डर नहुने कम्पनीले जनाएको छ ।

ग्राहकले कुनै झन्झटविना आफ्नो रोजाइको वा आफूसँग भएको जुनसुकै बैंक खाताबाट सोझै रकम भुक्तानी गर्न सक्ने बताइएको छ ।

कान्तिपुर

Link copied successfully