भेराइटीका अनुसार, शनिबार दुईदेखि अढाइ घण्टाको अवधिमा सामाजिक सञ्जालमा ओडिसीको लिंकसहितको पोस्टमा २१ लाखभन्दा धेरै भ्युज आएको छ ।
वासिङ्टन — क्रिस्टोफर नोलनको निर्देशनमा तयार भएको 'द ओडिसी' चलचित्रको लिंक राखिएको एक सामाजिक सञ्जाल पोस्ट २० लाखभन्दा बढीपटक हेरिएको छ ।
भेराइटीका अनुसार, शनिबार दुईदेखि अढाइ घण्टाको अवधिमा उक्त पोस्टमा यति धेरै भ्युज आएको हो । त्यसपछि यो पोस्ट निलम्बनमा परेको थियो ।
एक प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, 'नोलनले चाहेजस्तै 'द ओडिसी' चलचित्रको पूरै भाग एक ट्विटमा।'
नोलनले यो सम्पूर्ण तीन घण्टा लामो चलचित्र ७० एमएममा खिचेका हुन् । जो, विशाल आइम्याक्स पर्दाका लागि डिजाइन गरिएको एक ठूलो र उच्च-रिजोल्युशन भएको ढाँचा हो।
एक्समा गरिएको अर्को एक पोस्टमा लेखिएको थियो, 'ट्विटरको इम्बेड गरिएको भिडियोमा पूरै 'द ओडिसी' चलचित्र। अचम्मको कुरा।'
अर्का एक प्रयोगकर्ताले भने, 'कसैले 'द ओडिसी' चलचित्र एचडीमा चुहाएको छ। मैले यो नक्कली होला सोचेको थिएँ तर यो सत्य रहेछ।'
'द हलिउड रिपोर्टर' का अनुसार, आइतबार पनि एक्समा चलचित्रको अलि कम गुणस्तरको भर्सन देखा परेको थियो र करिब ५० हजार भ्युज पाएको दुई घण्टापछि त्यसलाई हटाइएको थियो।
यसको प्रतिक्रियामा चलचित्र स्टुडियो 'युनिभर्सल' ले भन्यो, 'हामीले चलचित्र अनाधिकृत रूपमा पोस्ट भएको चाल पाएपछि तुरुन्तै हटाउने प्रक्रिया सुरु गर्यौं।'
'हामी प्रतिलिपि अधिकार उल्लङ्घनलाई गम्भीरताका साथ लिन्छौं र हाम्रा सामग्री तथा बौद्धिक सम्पत्ति अधिकारहरूको रक्षाका लागि सबै उचित उपायहरू अपनाउनेछौं।'
चलचित्रको व्यापारमा भने यस चुहावटले खासै ठूलो नोक्सानी पुर्याउने सम्भावना छैन। यसले आफ्नो दोस्रो सप्ताहन्तमा विश्वभर २१ करोड ५० मिलियन डलर कमाइ गरेको छ । यससँगै यसको कुल कमाइ ६४ करोड डलर पुगेको छ।
