[अर्काइभ] विमान नै नभएको कम्पनीसँग विमान किन्ने सम्झौता गरेपछि...

विमानको गुणस्तर र आर्थिक अनियमिततादेखि टिकट बेच्ने एजेन्टको विषयसम्म छानबिनको दायरामा पर्ने गरेका उदाहरण हुन्, लाउडा, वाइडबढीजस्ता घटना ।

श्रावण १०, २०८३

कान्तिपुर संवाददाता

[Archive] After signing an agreement to purchase an aircraft from a company that did not even have an aircraft...

What you should know

काठमाडौँ — नेपालका लागि विमान खरिद होस् या भाडामा लिने निर्णय विवाद नभएको घटना कमै भेटिन्छन् । साविक शाही नेपाल वायु सेवा निगम वा नेपाल वायु सेवा निगम जसले गरे पनि विमान भित्र्याउने निर्णयहरु अधिकांश विवादमा पर्दै आएका छन् । विमानको गुणस्तर र आर्थिक अनियमिततादेखि टिकट बेच्ने एजेन्टको विषयसम्म छानबिनको दायरामा पर्ने गरेका उदाहरण हुन्, लाउडा, वाइडबढी ।  

आजभन्दा झण्डै २८ वर्षअघिको घटनासँग जोडिएको विमान भाडामा लिनेसम्बन्धी सम्झौता यसरी नै विवादमा परेको थियो । साविक सानेवानीले अमेरिकी कम्पनी चेज एयरसँग १ सय २४ सिटको बोइङ लिजमा लिने सम्झौता गरेको थियो । भ्रमण वर्ष १९९८ लाइसमेत ख्याल गरेर विदेशी पर्यटक भित्र्याउने रणनीतिअनुसार उक्त विमान लिजमा लिने सम्झौता गरिएको थियो । तर विमान तोकिएको समयमा नआएको मात्र होइन, सम्झौताको विश्वसनीयतामाथि प्रश्न उठेको थियो । जब विमान नै नभएको कम्पनीसँग विमान लिजमा लिने सम्झौता गरेपछि सानेवानीले व्यवस्थापन समितिले गरेको निर्णयमाथि छानबिन सुरु गरेको थियो । 

[Archive] After signing an agreement to purchase an aircraft from a company that did not even have an aircraft...

विमान नै नभएको कम्पनीसँग सम्झौता गरेको र तोकिएको मितिमा विमान नआएपछि सानेवानीको निर्णय छानबिनको घेरामा परेको थियो । एकातिर तोकिएको समयमा विमान नआउनु, अर्कोतर्फ विमान नै नभएको कम्पनीसँग सम्झौता गर्नुले उक्त निर्णयकर्ता पदाधिकारी तथा व्यस्थापनमाथि आर्थिक अनियमितताको शंका सुरु भएको थियो । त्यसका लागि सबैभन्दा पहिले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले लिजमा लिने निर्णय प्रक्रियाको कागजात मगाएर छानबिन सुरु गरेको थियो । २०५५ कात्तिक ६ मा विमान काठमाडौं आइपुग्नुपर्ने सम्झौता गरिएको थियो । तर विमान आएन । 

घटना त्यो मात्र थिएन, सरकार परिवर्तनसँगै व्यवस्थापन परिवर्तन हुने परिपाटी बसेको वायुसेवाले गरेको कमजोर सम्झौताले नेपाली विमानको सेवा अन्तर्राष्ट्रियस्तरमै एक प्रकारले अविश्वासिलो भएको थियो । विमान नआएपछि सट्टामा अर्को विमान आउने जानकारी व्यवस्थापनले गराएको थियो । तर त्यो पनि आएको थिएन । तोकिएको समयमा विमान नआएपछि नेपालले तय गरेको दिल्ली र यरोपको उडान रद्द गरिएको थियो । यसले पर्यटकहरुको आउजाउमा नकारात्मक प्रभाव परेको थियो । उक्त विमानको भाडा, चालक दलको खर्च, मर्म सम्भार र विमानको बिमासमेत दैनिक प्रतिउडान घण्टा २ हजार ८ सय ५० कायम गरिएको थियो । तर उक्त विमान तोकिएको समयमा नआएपछि टिकट काटिसकेका यात्रु रोकिएका थिए । यसबाट निगमलाई लाखौं घाटा भएको थियो । 

[Archive] After signing an agreement to purchase an aircraft from a company that did not even have an aircraft...

निगमको व्यवस्थापनमा राजनीतिक शक्ति बढी हाबी भएकाले यो अवस्था आएको निगमकै अधिकारीहरुले बताएका थिए । उक्त चेज एयरको विमान ६ महिनाका लागि ल्याउने सम्झौता गरिएको थियो । तर विमान ल्याउने योजना विवादमा परेपछि प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले कागजात मगाएर छाननिब सुरु गरेको थियो । 

दुई वर्षदेखि एउटा विमान खरिद गर्ने तयारीमा रहेको व्यवस्थापनले विमान ल्याउन नसकेपछि यसको वास्तविकता बुझ्ने कोसिस गरिएको थियो । लिजमा लिने क्रममा १० वटा कम्पनीसँग प्रस्ताव माग गरिएको थियो । तर सबै कम्पनीको प्रस्ताव रद्द गरेर सम्झौता गरिएको अमेरिकाको चेज कम्पनी सन्देहको घेरामा परेको थियो । खासमा विमान नै नभएको कम्पनीसँग सम्झौता गरिएको रहस्य खुलेपछि धेरै विषय शंकाको घेरामा परेका थिए । त्यसबाट सम्झौतामै प्रश्न उठेपछि अर्थ मन्त्रालयले छानबिन सुरु गरेको थियो । 

[Archive] After signing an agreement to purchase an aircraft from a company that did not even have an aircraft...

नेपालले ल्याउने भनिएको विमान चेजले अमेरिकाको रायन एयरसँग र रायनले अमेरिकाको स्टार र पाल्मबीच एभिएसन नामका संयुक्त कम्पनीसँग भाडामा लिएको थियो । उक्त संयुक्त कम्पनी आयरल्याण्डस्थित एजेज एयरक्राफ्टसेल्स एण्ड लिजिङ नामक अर्को कम्पनीबाट उक्त बोइङ भाडामा लिने व्यवस्था गरिएको थियो । एउटाले अर्कोलाई तीन तहमा बिक्री गर्दै नेपाल ल्याउन लागेको उक्त विमान नआउने लगभग निश्चित भएको थियो ।

[Archive] After signing an agreement to purchase an aircraft from a company that did not even have an aircraft...

कुनै पनि विमान नभएको कम्पनीसँग लिजको सम्झौता गरेकाले नेपालको पर्यटन उद्योग मात्र नभएर करोडौं रुपैयाँ घाटा भएको थियो । सानेवानीको व्यवस्थापन मात्र होइन राजनीतिकवृत्तमाथि पनि प्रश्न उठेको थियो । विमान भाडामा लिने विषय र त्यसमा भएको लापरबाहीका विषयलाई सन्दर्भ बनाएर कान्तिपुरले २०५५ कात्तिकमा सातासम्म विभिन्न शीर्षकमा समाचार प्रकाशन गरेको थियो । कान्तिपुरले २०५५ कात्तिक १० मा ‘विमान नै नभएको कम्पनीसँग विमान ल्याउने सम्झौता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । 

प्रस्तुतिः ऋषिराम पौड्याल 

कान्तिपुर

Link copied successfully