सरकारले साना र ठूला बचतकर्ता भनेर छुट्याएको भन्दै उनीहरुले समान बचत फिर्ताको माग राखेका छन् ।
काठमाडौँ — सहकारी पीडित बचतकर्ता महासंघको अगुवाइमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । सरकारले साना र ठूला बचतकर्ता भनेर छुट्याएको भन्दै उनीहरुले समान बचत फिर्ताको माग राखेका छन् ।
माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको महासंघका अध्यक्ष कुशलभ केसीले बताए । अब सहकारी पीडितहरुको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने उनको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्तालाई न्याय देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
![Cooperative Victims Again on the Streets [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sahakari-pidit-2-2772026112924-1000x0.jpg&w=1001&h=0)
![Cooperative Victims Again on the Streets [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sahakari-pidit-1-2772026113015-1000x0.jpg&w=1001&h=0)
![Cooperative Victims Again on the Streets [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/sahakari-pidit-8-2772026113010-1000x0.jpg&w=1001&h=0)