ओपन हाउसमा सेरामिक, कला तथा हस्तकला, पुस्तक, फोटो प्रदर्शनी र चलचित्र स्क्रिनिङलगायत १५ स्टल राखिएका थिए ।
काठमाडौँ — काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्सले हात्तिवन परिसरमा ‘ओपन हाउस २०२६’ आयोजना गरेको छ ।
यस कार्यक्रमले स्कुल अफ आट्र्स र यसले सञ्चालन गर्ने कार्यक्रमबारे आगन्तुकलाई जानकारी गराउने अवसर प्रदान गर्दै एक शैक्षिक तथा सिर्जनात्मक वातावरण खुला गरेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ओपन हाउसमा सेरामिक, कला तथा हस्तकला, पुस्तक, फोटो प्रदर्शनी र चलचित्र स्क्रिनिङलगायत १५ स्टल राखिएका थिए ।
यस तालिकामा लाइभ संगीत, योग प्रदर्शन, शिल्प तथा डिजाइन प्रदर्शन, चित्रकला तथा फोटोग्राफी प्रदर्शनी, चलचित्र स्क्रिनिङ, र विभागीय जानकारीमूलक स्टल पनि समावेश रहेको विज्ञप्तिमा उल्लेख छ ।
