एसयूभी स्कोडा कायलाक अब नेपालमा

कायलाकलाई विशेष बनाउने विषय यसको वास्तविक युरोपेली इन्जिनियरिङ हो, जुन वास्तविक सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको छ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

SUV Skoda Kayak now in Nepal

काठमाडौँ — एसयूभी सेग्मेन्टको स्कोडा कायलाक अब नेपाली बजारमा पनि उपलब्ध भएको छ ।

अटोमोबाइल उद्योग क्रमशः इलेक्ट्रिफिकेसनतर्फ अघि बढिरहेको भए पनि राम्रो इन्जिनियरिङ र व्यावहारिक ढंगले डिजाइन गरिएको आईसीई (इन्टरनल कम्बसन इन्जिन) ले यस गाडीप्रति ग्राहकहरूको आकर्षण अझै बलियो बनाएको कम्पनीले जनाएको छ। 

यही कुरालाई स्कोडा कायलाकले स्पष्ट रूपमा प्रमाणित गरिरहेको छ। सन् २०२५ का सबैभन्दा प्रतिक्षित एसयुभी लन्चहरूमध्ये एक मानिएको कायलाक, स्कोडाका लागि महत्त्वपूर्ण उपलब्धि रहेको कम्पनीले बताएको छ । 

द्रुत गतिमा विस्तार भइरहेका सहरी बजारलाई ध्यानमा राखेर बनाइएको यो गाडीले प्रदर्शन, सुरक्षा, प्रविधि र दैनिक प्रयोगमा सहजतालाई एउटै सन्तुलित प्याकेजमा प्रस्तुत गर्छ, जुन यस क्षेत्रकै अत्यन्त प्रतिस्पर्धात्मक सेग्मेन्टमध्ये एक हो।

‘नेपालमा पनि यसको प्रतिक्रिया अत्यन्त सकारात्मक छ। प्रारम्भिक चरणमै देखिएको बलियो चासो र यसको प्रदर्शन तथा उपयोगिताप्रति बढ्दो प्रशंसाका कारण कायलाक छोटो समयमै यस वर्षको सबैभन्दा चर्चित लन्चहरूमध्ये एक बनेको छ र यसको कारण बुझ्न सरल ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नेपाल आउनुअघि नै प्रमाणित  

कायलाक नेपालमा कुनै अपरिचित गाडीका रूपमा आएको होइन। नेपाल भित्रिनुअघि नै यसले विश्वकै सबैभन्दा चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक अटोमोबाइल बजारमध्ये एक भारतमा प्रभावशाली सफलता हासिल गरिसकेको कम्पनीको दाबी छ ।

भारतमा यसको लन्च अत्यन्त उच्च मागका साथ सम्पन्न भयो, जहाँ बुकिङहरू प्रारम्भिक अपेक्षाभन्दा निकै बढी भए। 

‘यसले छोटो समयमै आफ्नो सेग्मेन्टमा सबैभन्दा तीव्र रूपमा बढिरहेको मोडेलमध्ये एकको पहिचान बनायो। यसको सफलता विभिन्न अटोमोबाइल पुरस्कारहरूले पनि पुष्टि गरेका छन्। स्कोडा कायालकले भारतका प्रतिष्ठित कार अफ ड इयर अवार्डहरू जित्दै इन्जिनियरिङ, सुरक्षा, मूल्य र दैनिक उपयोगिताबीचको उत्कृष्ट सन्तुलनका लागि उद्योगका विज्ञहरू र अटोमोबाइल जुरीहरूबाट प्रशंसा प्राप्त गर्य,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले नेपाली ग्राहकका लागि यो केवल नयाँ लन्च होइन, पहिल्यै प्रमाणित सफलता बोकेर आएको गाडी हो।’

नेपालको सडकका लागि 

कायलाकलाई विशेष बनाउने विषय यसको वास्तविक युरोपेली इन्जिनियरिङ हो, जुन वास्तविक सडक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको छ।

‘यस सेग्मेन्टका अन्य धेरै गाडी सनरुफ वा ठूलो स्क्रिनजस्ता आकर्षक फिचरमा प्रतिस्पर्धा गरिरहँदा कायलाकले चाहिँ साँच्चै आवश्यक पर्ने पक्षहरूमा ध्यान दिएको छ, जस्तै आत्मविश्वासका साथ उकालो चढ्ने क्षमता, राजमार्गमा स्थिर प्रदर्शन, सटिक स्टेयरिङ रेस्पोन्स र बिग्रिएका सडकमा पनि मजबुत स्थिरता,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई केवल शोरूममा राम्रो देखिने गरी मात्र डिजाइन गरिएको छैन, अनिश्चित सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको छ, जसले प्रत्येक यात्रामा आत्मविश्वास, नियन्त्रण र दीर्घकालीन भरोसा प्रदान गर्छ।’ 

प्रतिस्पर्धात्मक सेग्मेन्टमा रणनीतिक 
भारतका लागि विकसित र अहिले नेपालमा उपलब्ध स्कोडाको पहिलो सब–४ मिटर एसयुभीका रूपमा कायलाकले दक्षिण एशियाको अत्यन्त प्रतिस्पर्धात्मक सेग्मेन्टमा युरोपेली प्रेरणाबाट आएको प्रिमियम अनुभव ल्याएको कम्पनीले जनाएको छ। मजबुत निर्माण गुणस्तर, बुद्धिमत्तापूर्ण इन्जिनियरिङ र साँच्चै काम लाग्ने फिचरहरू प्रदान गर्ने स्कोडाको दृष्टिकोण स्पष्ट रहेको कम्पनीको दाबी छ।

‘ह्याचब्याक वा सेडानबाट एसयुभीमा अपग्रेड गर्ने सोच बनाइरहेका ग्राहकका लागि कायलाक एक आकर्षक विकल्प बनेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

वास्तविक आवश्यकतामा केन्द्रित प्रदर्शन
कायालाकको केन्द्रमा टीएसआई टर्बोचार्ज्ड पेट्रोल इन्जिन रहेको छ, जसले इन्टरनल कम्बसन प्रविधिमा स्कोडाको लामो अनुभवलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ।

‘केवल उच्च शक्तिको हेडलाइनमै ध्यान दिनेभन्दा पनि यस इन्जिनलाई सन्तुलित र वास्तविक प्रयोगमा उत्कृष्ट प्रदर्शन दिने गरी ट्युन गरिएको छ जुन सहरको ट्राफिकमा गतिशील, राजमार्गमा स्थिर र सम्पूर्ण यात्राभर दक्ष छ,’ विज्ञप्तिमा भनिएको छ । 

यसले दैनिक आवतजावत गर्ने चालकदेखि विकेन्डमा यात्रा गर्ने प्रयोगकर्तासम्म सबैका लागि उपयुक्त प्रदर्शन दिने कम्पनीले बताएको छ ।

कायलाकका सबैभन्दा बलिया पक्षमध्ये एक सुरक्षा हो। सबै भेरियन्टमा २५ भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरहरू उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

‘यसमा ६ वटा एयरब्याग, एबीएस विद एबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल र मल्टि–कोलिजन ब्रेकिङ जस्ता सुविधा समावेश छन्, जुन धेरै प्रतिस्पर्धी गाडीहरूले प्रायः उच्च भेरियन्टमा मात्र उपलब्ध गराउँछन,’ विज्ञप्तिमा भनिएको छ । 

यही कारणले कायलाकले भारत एनसीएपी बाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरिसकेको छ, जसले यसलाई आफ्नो सेग्मेन्टकै सुरक्षित एसयुभीमध्ये एकका रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।

डिजाइनमै समेटिएको व्यावहारिकता
कायलाकको प्रत्येक पक्षमा व्यवहारिकता झल्किन्छ। करिब ४४६ लिटर बुट क्षमता, पछाडिको सिट फोल्ड गर्दा करिब १,२६५ लिटरसम्म विस्तार गर्न सकिने भएकाले सामान राख्ने लचिलो क्षमता यस सेग्मेन्टमै उत्कृष्टमध्ये एक रहेको कम्पनीले जनाएको छ । क्याबिनभित्रका स्मार्ट स्टोरेज सोलुसन्सले दैनिक प्रयोगलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ ।  

‘करिब १८९ मिमी ग्राउन्ड क्लियरेन्सका कारण कायलाकले नेपालको विविधतायुक्त सडक अवस्थालाई आत्मविश्वासका साथ पार गर्न सक्छ र आराममा पनि कुनै सम्झौता गर्नुपर्दैन,’ विज्ञप्तिमा भनिएको छ । 

बजारअनुकूल मूल्य, उच्चस्तरीय निर्माण
नेपालमा स्कोडा कायलाकको आधिकारिक मूल्य म्यानुअल भेरियन्टका लागि ४५ लाख ९० हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा आकर्षक प्राइस अफरमध्ये एक बनाएको कम्पनीको दाबी छ।

‘रियल अटोमेटिक ट्रान्समिसन चाहने ग्राहकका लागि अटोमेटिक भेरियन्ट ५२ लाख ९० लाखबाट उपलब्ध छ, जसले यसलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध रियल अटोमेटिक एसयूभी बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ । 

म्यानुअल वा अटोमेटिक जुनसुकै विकल्प रोजे पनि ग्राहकले युरोपेली इन्जिनियरिङ, व्यापक सुरक्षा र दैनिक प्रयोगमा उपयोगी डिजाइनको समान गुणहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

भारतमा पुरस्कार जितिसकेको, उद्योग विशेषज्ञबाट प्रशंसित र अब नेपालमा उपलब्ध, वास्तविक सडक परिस्थितिमा उत्कृष्ट प्रदर्शन दिने गाडी खोजिरहेका चालकका लागि यस वर्षको बहुप्रतिक्षित एसयुभी स्कोडा कायलाक रहेको कम्पनीले बताएको छ ।  

Four Wheeler

कान्तिपुर

Link copied successfully