कार आगलागीमा ज्यान गुमाउनेको पहिचान खुल्यो

प्रहरीका अनुसार आगलागीबाट कीर्तिपुर–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान कारमा आगलागी हुँदा ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको ज्यान गएको छ ।

श्रावण ५, २०८३

कान्तिपुर संवाददाता

Identity of person killed in car fire revealed

काठमाडौं — काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान भएको आगलागीमा ज्यान गुमाउनेको परिचय खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ज्यान गुमाउने काठमाडौं–२६ स्थायी घर भइ हाल ग्रिनउड भिलामा बस्दै आएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन् ।

‘परिवारसँग हामीले सम्पर्क गरिसकेका छौं, वृद्धकी श्रीमती भावविह्वल अवस्थामा हुनुहुन्छ, धेरै सोधपुछ गर्न पाएका छैनौं,’ उनले कान्तिपुरसँग भने ।शवलाई पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।हालसम्म आगलागीको कारण खुलेको छैन ।

प्रहरीले घटनास्थल आसपास रहेको सीसी क्यामराको फुटेज समेत हेरेको छ । त्यसक्रममा आगोलागी रहेको देख्ने स्थानीयले कारको ढोका खोल्दा उनले निस्किने प्रयास गरेको नदेखिने अनुसन्धानमा खटिएका अधिकृतहरु बताउँछन् । 

‘उहाँ ड्राइभिङ सिटमा सिटमा बसिरहेका बेला आगो लागेको देखिन्छ,’ ती अधिकृतले भने, ‘आगो लागेको देख्ने बित्तिकै अरु मानिस गएर ढोका खोलेको देखिन्छ ।’

आगलागीमा बा५च ३०३८ नम्बरको उनको कार पूर्णरुपमा जलेको छ ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully