खोजतलासका क्रममा बगैंचाभित्र घाँसमा लुकाईछिपाई राखिएको १३ वटा पोकामा रहेको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थको तौल १४० किलोग्राम रहेको छ ।
पर्सा — पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैंचाबाट प्रहरीले १४० किलोग्राम गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा शनिबार राति करिब साढे ९ बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले बगैंचामा खानतलासी गरेको थियो ।
खोजतलासका क्रममा बगैंचाभित्र घाँसमा लुकाईछिपाई राखिएको १३ वटा पोकामा रहेको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको पदार्थको तौल १४० किलोग्राम रहेको छ ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
बरामद गाँजालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अघि बढाइएको उनले बताए ।