दाङमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु

माटोले पुरिएर स्थानीय १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ भने १८ वर्षीय सुमित यादव घाइते भएका छन् ।

श्रावण १०, २०८३

दुर्गालाल केसी

A child dies after being buried by a landslide in Dang

दाङ — राजपुर गाउँपालिका–२ बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका एक बालकको शनिबार राति मृत्यु भएको छ ।

माटोले पुरिएर स्थानीय १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ भने १८ वर्षीय सुमित यादव घाइते भएका छन् ।

माटो खन्ने क्रममा ढिस्को खसेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully