२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्यांकर चालक संघ र निगमबीच सहमति, आजैदेखि इन्धन ढुवानी हुने

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो । 

५ लाख ऋणको आडमा बलात्कार र घरजग्गा कब्जा गर्ने मालीलाई १० वर्ष कैद र ५० हजार जरिवाना 

जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय तोकेको छ ।

‘नदी धमिलिने बित्तिकै मेलम्चीको पानी बन्द’

मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो ।

लामो खडेरीले मकैबाली सुक्न थाले

लामो समयदेखि परेको खडेरी कारण किसानले पाखो र खेतमा लगाएको मकै बाली सुक्न थालेको छ।  लामो समय पानी नपरेको र सिँचाइको पनि सुविधा नभएकोले मकैबाली सुक्न थालेको हो । 

६ किलो सुन र ४८ लाख नगदसहित बौद्धबाट एक जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित आइतबार राती काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता एपी होबिन्द्र बोगटीका अनुसार चिनियाँमूलका जस्ता देखिने तीन व्यक्तिसँग साथबाट सोनाम गुरुङ नामको नागरिकता फेला परेको छ ।

निराशाजनक ब्याटिङसँगै नेपालको विश्वकप यात्रा समाप्त

लगातार दोस्रो खेलमा पनि मध्यम स्कोर पछ्याउन नसकेपछि नेपालले ट्वान्टी-२० विश्वकप क्रिकेटमा जितविहीन यात्राका रूपमा टुंगाएको छ । बंगलादेशले आइतबार नेपाललाई २१ रनले पराजित गर्‍यो । १ सय ७ रनको लक्ष्य लिएर आएको नेपाल १९.२ ओभरमा ८५ रनमा अलआउट भयो ।

इद मुबारक !

मुस्लिम धर्माबलम्वीहरूको दोस्रो ठूलो चाड बकर इद (इद अल अधा) आज देशभर मनाइँदै छ । आज बिहानै मुस्लिम धर्माबलम्वीहरूले शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी आपसमा मित्रवत रूपमा शुभकामना साटासाट गरेका छन् ।

इजरायलका प्रधानमन्त्री नेतान्याहुले विघटन गरे 'वार क्याबिनेट'

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो ६ सदस्यीय 'वार क्याबिनेट' (युद्ध मन्त्रिपरिषद्) विघटन गरेका छन् । मध्यवादी विपक्षी नेता बेन्नी गान्ट्ज र उनका सहयोगी गडी आइसेनकोटले छोडेको एक सातापछि नेतान्याहुले 'वार क्याबिनेट' विघटन गरेका हुन् ।

निजी पम्पमा मजदुरको आन्दोलन, इन्धन भर्नेको घुँइचो [तस्बिरहरू]

पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरू गरेको आन्दोलनका कारण सोमबार पनि पट्रोल पम्पहरू बन्द रहे । निजी पेट्रोल पम्पहरू बन्द भएपछि सरकारी निकायले सञ्चालन गरेका पम्पहरूमा सर्वसाधारणको घुँइचो लागेको छ । पम्पहरू अगाडी ठूला लाइन छन् । हेर्नुहोस्, काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प बाहिरको सोमबारको दृश्य :

'संसद् सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न सकारात्मक'

अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् ।

सुदूरपश्चिमको बजेट :  सार्वजनिक निर्माणमा ई-बिडिङ 

विकास निर्माणका योजनाको खरिद बिक्रिको उद्देश्यले बजेट निर्माणमै चलखेल गर्ने विचौलिया प्रवृतिलाई निरुत्साहित गर्न सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक निर्माणका कामहरु सार्वजनिक ठेक्का (ई-बिडिङ) मार्फत मात्र कार्यान्वयन गर्न पाउने कानुनी व्यवस्था गरेको छ ।

काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीको प्रदर्शन

काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन् । उनीहरूले काठमाडौं महानगरपालिकाले गरेको रिङरोडभित्रबाट कबाड हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

जलपाईगुडीमा रेल दुर्घटना, पाँच जनाको मृत्यु

नेपालको पूर्वी नाका नजिकै रहेको  पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ ।

वैचारिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ : खनाल

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन्

राष्ट्रपति पौडेलद्वारा 'बर्लिन पर्खाल' को अवलोकन

जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनकाे पर्खाललगायतका ऐतिहासिक स्थलकाे अवलोकन गरे । सो अवसरमा प्रथम महिला सविता पौडेलसहित भ्रमण दलका अन्य सदस्यहरु पनि सहभागी भए । 

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गरिने

संघीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक/सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो ।

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।

कांग्रेसद्वारा पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन ध्यानाकर्षण

नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा आवरोध हुँदा आम सर्वसाधारण उपभोक्ता मर्कामा परेको भन्दै वार्ताबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन

विश्व बैंकले  डेभिड सिस्लेनलाई नेपालका लागि राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
सुती कपडामा भ्याट लगाएपछि नाकाबाट आयात ठप्प

सुती कपडामा भ्याट लगाएपछि नाकाबाट आयात ठप्प

विनोद भण्डारी

आर्थिक वर्ष २०८१/८२ को बजेटले सुतीका सारी, धोती र लुंगीसहितका सुती कपडामा मूल्यअभिवृद्धि कर (भ्याट) लगाएपछि दुई सातादेखि ती कपडाको आयात भन्सार नाकाबाट ठप्प छ । १० प्रतिशत भन्सार महसुलसहित १३ प्रतिशत भ्याटका कारण एकमिटर सुती कपडामा कम्तिमा पनि २५ रुपैयाँ मूल्य अन्तर भएका कारण ती कपडाको चोरी पैठारी सुरु भएको सम्बद्ध व्यवसायीको भनाई छ ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

कान्तिपुर संवाददाता

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ ।

कोशीको बजेटमा औद्योगिक कोरिडोरलाई सम्बोधन गरिएन : निजी क्षेत्र 

कोशीको बजेटमा औद्योगिक कोरिडोरलाई सम्बोधन गरिएन : निजी क्षेत्र 

विनोद भण्डारी

कोशी प्रदेश सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटले सुनसरी मोरङ औद्योगिक करिडोरलाई उपेक्षा गरेको भन्दै यहाँका उद्योगी व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

प्रदेश १ पुन: नामांकन संघर्ष समितिले मंसिरदेखि आन्दोलन गर्ने

प्रदेश १ पुन: नामांकन संघर्ष समितिले मंसिरदेखि आन्दोलन गर्ने

आनन्द गौतम

प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले आगामी मंसिरदेखि निर्णायक आन्दोलन गर्ने जनाएको छ । किरात याक्थुङ, नेपाल आदिवासी, पहिचान सहितको प्रदेश नम्बर १, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचान पक्षधर राजनीतिक दलका केन्द्रीय नेताहरुको उपस्थितिमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा असार १ र २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

पहिरोको जोखिम बढेपछि ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

लक्ष्मी गौतम

पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

चुरे दिवसमा वृक्षारोपण

चुरे दिवसमा वृक्षारोपण

कान्तिपुर संवाददाता

चुरे उत्थानशील आयोजना कोशीले चुरे दिवसको सन्दर्भ पारेर इलामको चुलाचुली–१ स्थित कमल सामुदायिक वनमा आइतवार वृक्षारोपण गरेको छ ।

कोशी बाट थप
१२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ 

१२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ 

भूषण यादव

सशस्त्र प्रहरी पर्साले १२ लाख रुपैयाँसहित एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगन्ज १६ भन्सार चेकप्वाईन्टमा सशस्त्र प्रहरीले भारत रक्सौलबाट वीरगन्ज आउने क्रममा प्रदेश २-०३-०२० प ४२२२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालकले प्रयोग गरेको हेल्मेटबाट १२ लाख रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राधे श्यामले बताए ।

भन्सार छलेर ल्याइएका करिब १८ लाखका सामान बरामद

भन्सार छलेर ल्याइएका करिब १८ लाखका सामान बरामद

शंकर आचार्य

सशस्त्र प्रहरीले आइतबार वीरगन्जका विभिन्न स्थानबाट गरी १७ लाख ८९ हजार १ सय ५५ रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली ल्याइएका माल बस्तु बरामद गरेको छ ।

सिरहामा कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

सिरहामा कार्यक्रमस्थलमै प्रधानमन्त्रीविरुद्ध नाराबाजी

विनय आजाद

प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार बिहान सिरहाको मिर्चैया नगरपालिका ७ स्थित हिलपार्क क्षेत्रमा पर्ने चुरेको सिरानमा चुरे संरक्षण दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमा सहभागी भए । साढे ९ बजे कार्यक्रमस्थलमा आइपुगेका उनले १० बजे वृक्षारोपण गरे ।

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक नियन्त्रणमा 

शंकर आचार्य

पर्साबाट ठूलो परिमाणमा गाँजासहित युवक पक्राउ परेका छन् । पटेर्वासुगौली गाउँपालिका–४ भथौडाका २३ वर्षीय अमितकुमार चौधरीलाई ठूलो परिमाणमा लागूऔषध गाँजासहित उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख [पूर्णपाठ]

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख [पूर्णपाठ]

सन्तोष सिंह

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ कालागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ । 

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

विनय आजाद

सिरहास्थित कमला खोलामा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन गरी ओसारिरहेका तीन वटा टिपर नियन्त्रणमा लिइएको छ । सबडिभिजन वन कार्यालय, बन्दिपुरले शुक्रबार राति साढे १२ बजेको समयमा तीन टिपरलाई नियन्त्रणमा लिएको हो ।

मधेस बाट थप
२० वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ

२० वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ

प्रताप विष्ट

हत्या अभियोगमा १६ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको २० वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

प्रताप विष्ट

हुरीबताससँगै परेको चट्याङले लागेर मकवानपुरमा सोमबार एक जनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका—२ थुम्कीका ४५ वर्षीय वीरबहादुर चेपाङको मृत्यु भएको हो ।

सनराइज सहकारी सञ्चालकसँग बयान लिने तयारी

सनराइज सहकारी सञ्चालकसँग बयान लिने तयारी

रमेशकुमार पौडेल

भरतपुर महानगरपालिका–३ लायन्सचोकमा मुख्य कार्यालय रहेको सनसाइज बचत तथा ऋण सहकारीका सञ्चालकहरुसँग चितवन प्रहरीले बयान लिने भएको छ । सनराईजका सञ्चालकहरुविरुद्ध पूर्वी नवलपरासी (नवलपुर) कावासोतीमा रहेको छिपछिपे सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पनि मुद्दा दायर भएको छ ।

४६ करोड घट्यो हेटौंडाको बजेट

४६ करोड घट्यो हेटौंडाको बजेट

प्रताप विष्ट, सुवास विडारी

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ । आइतबार १५ औं नगरसभा बैठकमा हेटौंडाका उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट प्रस्ताव गरेका हुन् ।

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

प्रताप विष्ट

पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, दारिमटारमा दुर्घटनामा परी कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय रमेश तिरुवाको मृत्यु भएको छ ।

४६ करोडले घट्यो हेटौंडा उपमहानगरको बजेट

४६ करोडले घट्यो हेटौंडा उपमहानगरको बजेट

प्रताप विष्ट, सुवास विडारी

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार १५औं नगरसभा बैठकमा हेटौंडाका उपमेयर राजेश बानियाँले चालु आवको तुलनामा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ अर्थात १६.०७ प्रतिशत कम बजेट आगामी आवका लागि प्रस्ताव गरेका हुन् ।

वाग्मती बाट थप
लोमान्थाङमा च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना

लोमान्थाङमा च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना

रासस

मुस्ताङको लोमान्थाङमा पस्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग संघले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो ।

११ महिनामा ५० प्रतिशत खर्च

११ महिनामा ५० प्रतिशत खर्च

प्रकाश बराल

पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट १ अर्ब ६ करोड १७ लाख थियो । जेठ महिना सकिँदा उक्त कार्यालयले ५१ करोड ६३ लाख मात्रै खर्चेको छ । यो ४८ प्रतिशत मात्रै खर्च हो । 

भवनबाट खसेर मजदुरको मृत्यु

भवनबाट खसेर मजदुरको मृत्यु

प्रकाश बराल

निर्माणाधीन भवनमा काम गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । 

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख [पूर्णपाठ]

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख [पूर्णपाठ]

दीपक परियार

गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । चालु वर्षका लागि सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको बजेट विनियोजन गरेको थियो ।

नारायणी नदीमा डुबेर बालिकाको मृत्यु

नारायणी नदीमा डुबेर बालिकाको मृत्यु

नारायण शर्मा

त्रिवेणीस्थित गण्डक ब्यारेज पुल तल नारायणी नदीमा पौडी खेल्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।

अवैध उत्खनन् गर्ने चाइना स्टेट कम्पनीका सवारी साधन नियन्त्रणमा 

अवैध उत्खनन् गर्ने चाइना स्टेट कम्पनीका सवारी साधन नियन्त्रणमा 

नवीन पौडेल

नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको भन्दै पूर्वी नवलपरासीको कावासोतीबाट प्रहरीले तीन वटा ट्रिपर र एउटा एक्साभेटर नियन्त्रणमा लिएको छ । 

गण्डकी बाट थप
बर्दियामा एकै दिन ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दियामा एकै दिन ब्राउन सुगरसहित तीन जना पक्राउ

कान्तिपुर संवाददाता

प्रहरीले एकैदिन ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित तीनजनालाई बेग्ला-बेग्लै ठाउँबाट पक्राउ गरेको छ ।

बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ

कान्तिपुर संवाददाता

जिल्ला अदालतबाट २०८० साल असार ११ गतेको फैसलाले सजाय तोकिएकी बहुविवाहको अभियोगमा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु 

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु 

माधव अर्याल

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको छ । 

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

कमल पन्थी

अवैध रुपमा औषधि बेचबिखन कसुरमा जिल्ला अदालतबाट दोषी ठहर भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

पूर्वखोलाका चार स्वास्थ्य संस्था पोषणमैत्री 

माधव अर्याल

पूर्वखोला गाउँपालिकाका चार स्वास्थ्य संस्था पोषणमैत्री बनेका छन् । गाउँपालिकाका रिङ्नेरह, बीरकोट, देवीनगर र हेक्लाङ स्वास्थ्य चौकी पोषणमैत्री भएको हो । जल्पा र सिलुवाको स्वास्थ्य संस्था मात्र पोषणमैत्री घोषणा गर्न बाँकी रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । 

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

अतिक्रमित सरकारी जग्गा खाली गराउन प्रशासनले चलायो डोजर

सन्जु पौडेल

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अतिक्रमित जग्गा खाली गराएको छ । प्रशासनले संविधान सभा सदस्य समेत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मसिनाका कमलेश्वर पुरी गोश्रावमीले अवैधानिक रुपमा कब्जा गरेको जग्गा खाली गराउन निर्देशन दिंदा समेत अटेर गरेपछि आइतबार डोजर चलाएको हो ।

लुम्बिनी बाट थप
स्ट्रबेरी जुम्लामै प्रतिकिलो पाँच सय रुपैयाँ

स्ट्रबेरी जुम्लामै प्रतिकिलो पाँच सय रुपैयाँ

डीबी बुढा

बारीमा काफल जस्तो देखिने स्ट्रबेरीको विरुवा रोप्दा अधिकांश जुम्लाबासीले पत्याएनन् । केहीले काफलको विरुवा बारीमा रोप्न थालेको भन्दै हाँसोमा उडाए त केहीले बारीमा काफल रोपेर साध्य नहुने भन्दै गिज्याउन थाले । तर जुम्ला हिमा गाउँपालिका-३ का ४३ वर्षीय गोपाल रोकायाले भने बारीमा स्ट्रेबरी रोपेर छाडे ।

लामो खडेरीले मकैबाली सुक्न थाले

लामो खडेरीले मकैबाली सुक्न थाले

विप्लव महर्जन

लामो समयदेखि परेको खडेरी कारण किसानले पाखो र खेतमा लगाएको मकै बाली सुक्न थालेको छ।  लामो समय पानी नपरेको र सिँचाइको पनि सुविधा नभएकोले मकैबाली सुक्न थालेको हो । 

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

जनकबहादुर शाही

सीमापासमा किर्ते हस्ताक्षर गर्ने कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चीनसँगको सीमा जोडिएका जिल्लाका स्थानीय बासिन्दालाई प्रदान गर्दै आएको सीमापासमा सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरेर बाजुरा जिल्लाका तीन जनालाई उपलब्ध गराएपछि ती कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भेरीमा बेपत्ता दुई किशोरको शव फेला

भेरीमा बेपत्ता दुई किशोरको शव फेला

तुलाराम पाण्डे

सुर्खेतको भेरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका कालीकोटका दुई किशोरको शव आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

सल्यानमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते

विप्लव महर्जन

सल्यानमा आइतबार दिउँसो ३ बजेतिर टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । 

बिजुलीको तार सर्ट हुँदा सल्यानमा तीन घर जलेर नष्ट

बिजुलीको तार सर्ट हुँदा सल्यानमा तीन घर जलेर नष्ट

विप्लव महर्जन

बिजुलीको तार सर्ट हुँदा दार्मा गाउँपालिका–२ मा पाथीखोलामा एक सहकारी र दुई स्थानीयको घर जलेर नष्ट भएको छ । बिजुलीको तार सर्ट हुँदा रातोतारा कृषि बहुउद्देश्यीय सहकारी संस्थाको पक्की भवन, यज्ञबहादुर नेपाली र विनोद विकको तीनतले घर जलेर नष्ट भएको हो । 

कर्णाली बाट थप
सुदूरपश्चिमको बजेट :  सार्वजनिक निर्माणमा ई-बिडिङ 

सुदूरपश्चिमको बजेट :  सार्वजनिक निर्माणमा ई-बिडिङ 

अर्जुन शाह

विकास निर्माणका योजनाको खरिद बिक्रिको उद्देश्यले बजेट निर्माणमै चलखेल गर्ने विचौलिया प्रवृतिलाई निरुत्साहित गर्न सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सार्वजनिक निर्माणका कामहरु सार्वजनिक ठेक्का (ई-बिडिङ) मार्फत मात्र कार्यान्वयन गर्न पाउने कानुनी व्यवस्था गरेको छ । 

लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुरको भीमदत्त नगरपालिका-१ शिवमन्दिर क्षेत्रबाट लागु औषध (खैरो हेरोइन) सहित २ जना पक्राउ परेका छन् ।

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

के.आई.सिंह संग्रहालयका लागि सामग्री संकलन 

मोहन शाही

के.आई.सिंह संग्रहालयका लागि आवश्यक पर्ने प्राचीन एवम् डोट्याल जीवनशैली झल्कने सामग्री संकलन अभियान सुरू भएको छ । 

मलासका दुःख : बारीको उत्पादन बेच्न २२ किलोमिटर आउजाउ

मलासका दुःख : बारीको उत्पादन बेच्न २२ किलोमिटर आउजाउ

भवानी भट्ट

डडेलधुराको परशुराम नगरपालिका–७ मलासकी कलसी धामीको बारीमा थरिथरीका फलफूल पाकेका छन् । बारीमा रोपेको अम्रिसोको कुच्चो पनि बनाउँछिन् । फलफूलदेखि कुचो बिक्री गर्न भने उनले तीन/चार घण्टा हिँडेर कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार पुग्नुपर्छ ।

सुदूरपश्चिमा कुन मन्त्रालयमा कति बजेट ?

सुदूरपश्चिमा कुन मन्त्रालयमा कति बजेट ?

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा २ अर्ब ३६ करोड ३८ लाख ९६ हजार बढाएर आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । पुँजीगततर्फ १७ अर्ब ५३ करोड ०८ लाख ५५ हजार अर्थात् ५५.४२ प्रतिशत विनियोजन गरिएको छ । चालुतर्फ चालु ११ अर्ब ०७ करोड १९ लाख ६३ हजार  ३५ प्रतिशत विनियोजित छ । 

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख [पूर्णपाठ]

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख [पूर्णपाठ]

अर्जुन शाह

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । 

सुदूरपश्चिम बाट थप

बेल्जियम चाहन्छ, सुखद सुरुआत

बेल्जियम अहिले फेरि पुरानो आत्मविश्वासले खेल्ने मनसायमा छ । चाहन्छ सन् २०२२ को विश्वकपको नमीठो अनुभव मेट्न सकोस् । युरो २०२४ मा सोमबार स्लोभाकियाको सामना गर्दा बेल्जियम आफैं लयमा छ लगातार १५ खेलको अपराजित यात्रासँगै ।

अस्ट्रियासँग बलियो फ्रान्सको परीक्षा

सन् २०२० को युरोमा फ्रान्स स्तब्धपूर्ण ढंगले अन्तिम १६ को चरणबाटै बाहिरियो । सन् २०१६ मा आयोजकका रूपमा फ्रान्स उपविजेतामै सीमित रह्यो । यही फ्रान्स युरो २०२४ मा लयमा रहेको अस्ट्रियाको परीक्षाबाट गुज्रिने छ । यो खेल जितेर फ्रान्सले आफूलाई कति बलियो छ भनेर प्रमाणित गर्नुपर्नेछ । 

फुटबलबाट सकारात्मक सन्देश दिँदै युक्रेन

रोमानियालाई युरो छनोटमा केही गाह्रो भएन र सजिलै आफ्नो समूहको विजेता रह्यो । तर, यही रोमानियाले युरो २०२४ को आफ्नो पहिलो खेलमा सोमबार आत्मप्रेरित युक्रेनको सामना गर्दा यो सजिलो काम भने हुने छैन ।

युरो २०२४ : दुई नयाँ कीर्तिमान

युरो २०२४ को समूह ‘बी’ मा रहेका दुई ठूला टिम इटाली र स्पेनले शनिबार अपेक्षाअनुसार विजयी सुरुआत लिएका छन् । डिफेन्डिङ च्याम्पियन इटालीले प्रतियोगिताकै इतिहासमा सबैभन्दा चाँडै गोल खाए पनि उपाधि रक्षाको दौडमा पुनरागमन रच्दै अल्बानियालाई २–१ ले पराजित गर्न सफल रह्यो । 

वेहर्स्टको चलाखीपूर्ण गोल

नेदरल्यान्ड्सले युरो २०२४ को समूह ‘डी’ मा एक गोलले पछाडि रहेको स्थिति उल्टाएर पोल्यान्डलाई आइतबार २–१ ले पराजित गरेको छ । खेलको ८३ औं मिनेटमा वाउट वेहर्स्ट डच टिमका लागि चलाखीपूर्ण निर्णायक गोल गरे । वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेलगत्तै आफ्नो पहिलो ‘टच’ मै उनले गोल गरे । 

सन् १९८२ मा आजकै दिन : युद्ध हारेपछि अर्जेन्टिनी शासकद्वारा राजीनामा

सन् १९८२ मा आजकै दिन (जुन १७) मा लियोपोल्दो गल्टियरीले अर्जेन्टिनाको राष्ट्रपति तथा सैन्य प्रमुखबाट राजीनामा दिएका थिए । १९२६ जुलाई १५ मा जन्मिएका गल्टियरीले १९७९ देखि १९८२ सम्म सैन्य सरकार जुन्ताका प्रमुख थिए । 

विधिको शासनको तागत : अमेरिकी राष्ट्रपति पुत्र हन्टर दोषी ठहर

जहाँ विधिको शासन हुन्छ त्यहाँ कानुन मिच्ने जसले पनि सजाय पाउँछ, चाहे त्यो बहालवाला कार्यकारी वा राष्ट्रपतिको छोरा नै किन नहोस् ।

सन् १९६३ मा आजकै दिन : अन्तरिक्षमा महिला 

सन् १९६३ मा आजकै दिन (जुन १६ मा) सोभियत संघकी अन्तरिक्षयात्री भालेन्तिना तेरेस्कोभा अन्तरिक्षमा पुगेकी थिइन् । १९३६ को मार्च ६ मा जन्मिएकी तेरेस्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन् । 

सन् १९६९ मा आजकै दिन : कानको जन्म

सन् १९६९ मा आजकै दिन (जुन १५) मा जर्मन फुटबलर ओलिभर कानको जन्म भएको थियो । कान २००० को दशकको उत्कृष्ट गोलरक्षकका रूपमा विश्वसामु परिचित छन् ।

सन् १९४६ मा आजकै दिन : ट्रम्पको जन्म

सन् १९४६ मा आजकै दिन (जुन १४) मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म भएको थियो । उनी अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । ट्रम्पले २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

७७ वर्षदेखि रञ्जना सोडा : काठमाडौंदेखि दोहासम्म

चर्को गर्मीमा सबैको रोजाइमा पर्छ– चिसो पेय पदार्थ । त्यसमाथि न्युरोड पुग्ने जोकोहीले चिसो पेय पदार्थ भन्नासाथ सोडा नै रोज्छन् । न्युरोडको रञ्जना गल्ली अर्थात् ‘रञ्जना सोडा पसल’ मा अहिले मानिसको भीड नै लाग्ने गरेको छ– सोडा पिउन ।

नरदेवी आयुर्वेद चिकित्सालयका कर्मचारी भन्छन् : जनशक्ति पुगेन

नरदेवी आयुर्वेद चिकित्सालयका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई जनशक्ति अभावका कारणले अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो गरेका छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.