कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

विराटनगर — मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

गत माघ १० गते ब्रेन ह्यामरेज भई उनी बिरामी भएका थिए। कांग्रेसबाट उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष बनेका उनको सोमबार निधन भएको कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै थिए ।

प्रकाशित : असार ३, २०८१ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?