चितवन — नारायणगढ-मुग्लिन सडकअन्तर्गत पश्चिम जलबिरेमा बुधबार दिउँसो पहिरो खसेको छ । पहिरोका कारण सडक एकतर्फी सञ्चालन भएको डिभिजन सडक कार्यालयले जनाएको छ
दिउँसो एक बजेर ५ मिनेट जाँदा पहिरो खसेको थियो । पहिरो खुलाउन लोडर मेशिन परिचालन भएको छ । दिउँसो दुई बजेसम्ममा सडक दुईतर्फी नै खुल्ने सम्भावना रहेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
