कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

फुङलिङ नगरपालिकाको बजेट ६७ करोड

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६६ करोड ७६ लाख ७३ हजारको बजेट पेस गरेको छ । चालुतर्फ ४६ करोड ८ लाख ८२ हजार अर्थात ६९ प्रतिशत र पुँजीगततर्फ २० करोड ६७  लाख ९१ हजार अर्थात ३१ प्रतिशत खर्च हुनेगरी वजेट प्रस्ताव गरेको हो । 

फुङलिङ नगरपालिकाको बजेट ६७ करोड

नगरपालिका उपप्रमुख भीमादेवी ओझाले पेस गरेको बजेटमा सामाजिक विकासतर्फ ३६ करोड ३५ लाख, पूर्वाधार विकासतर्फ १० करोड ५५ लाख, आर्थिक विकासतर्फ २ करोड १३ लाख, सुशासन र अन्तरसम्बन्धित क्षेत्रतर्फ १७ करोड ७२ लाख विनियोजन गरिएको उल्लेख छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १४ करोड ८५ लाख, राजस्व बाँडफाँडबाट ९ करोड ७८ लाख, ससर्त अनुदानबाट ३० करोड ६७ लाख, विशेष अनुदानबाट १ करोड ५० लाख, समपुरक अनुदानबाट १ करोड प्राप्त हुने उल्लेख छ ।

यस्तै कोशी प्रदेशबाट वित्तीय समानीकरण ९६ लाख, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ३ लाख, समपुरक अनुदानबाट १ करोड ३० लाख र ससर्त अनुदानबाट १ करोड ५९ लाख ९४ हजार रहेको छ । नगरपालिकाको आन्तरिक श्रोतबाट ३ करोड ७६ लाख प्राप्त हुने उल्लेख छ ।

नगरपालिकाले पूर्वाधार विकासतर्फ ८ करोड ९० लाख, भवन, आवास तथा सहरी विकासतर्फ ८७ लाख, सञ्चार तथा सूचना प्रविधितर्फ ३६ लाख, सम्पदा पूर्वाधारतर्फ ४२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सामाजिक विकासअन्तर्गत शिक्षातर्फ ३० करोड ५२ लाख, स्वास्थ्यमा ४ करोड २७ लाख, खानेपानी तथा सरसफाइतर्फ २४ लाख ५५ हजार, भाषा संस्कृतितर्फ ३५ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा ७४ लाख युवा तथा खेलकुदमा २३ लाख रुपैयाँ विनियोजन गरेको छ । कृषितर्फ १ करोड २१ लाख, उद्योगमा २२ लाख ५० हजार, पर्यटनमा २० लाख, जलश्रोत तथा सिंचाइमा २५ लाख, पशुपन्छी विकासतर्फ २४ लाख ५० हजार विनियोजन गरिएको उल्लेख छ ।

१७ करोड ७२ लाख विनियोजन गरिएको रकम भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रअन्तर्गत कार्यालय सञ्चालन तथा प्रशासनिकलगायतका कार्यक्रममा खर्च गरिने ओझाले बताइन् । नगरपालिका प्रमुख अमिर मादेनले नीति तथा कार्यक्रम पेस गरेका थिए ।

प्रकाशित : असार १०, २०८१ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×