कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बेवारिसे शव फेला

लक्ष्मी गौतम

पाँचथर — जिल्लाको फिदिम नगरपालिका २ मा बेवारिसे शव फेला परेको छ । बिहीबार साँझ ६ बजेतिर स्थानीयले सड्न लागेको अवस्थामा शव फेला पारेका हुन् ।

पाथीभरा भेनियर उद्योगदेखि पल्लोटार बसपार्क जाने बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको टोलीले घटनास्थलको स्थलगत मुचुल्का तयार पारेको छ ।

शव करिब १८–२० वर्षका युवकको जस्तो देखिए पनि नाम, थर र ठेगाना भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर बिनालाल साह तेलीले बताए । उनले घटनाबारे अनुसन्धान शुरु गरेको बताए ।

प्रकाशित : असार १३, २०८१ २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×