कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रधानमन्त्रीलाई नेसपाको ज्ञापनपत्र- बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नेसपा) ले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

प्रधानमन्त्रीलाई नेसपाको ज्ञापनपत्र- बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा उक्त पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिए ।

त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरु तीब्रताका साथ अगाडि बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष भट्टराईले भने, ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो आयोजना बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पुर्‍याउने गरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने । त्यतातिर जाँदैछ भन्ने हामीलाई लागेको छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ ।'

उनले सरकारले संसद्‌मार्फत् बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडि बढाउन समेत माग गरिएको बताए । 'हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पूरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ,' उनले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईले आफूहरुको माग भाद्र महिनाभित्र पूरा नभए असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

प्रकाशित : असार १४, २०८१ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×