कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

११.६० अंकले घट्यो नेप्से

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ११.६० अंकले घटेको छ । बुधबार ० दशमलव ५६ प्रतिशतले घटेको नेप्से २०६०.१६ बिन्दुमा सीमित भएको छ ।

११.६० अंकले घट्यो नेप्से

आज ८७ लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँ कारोबार भएको छ । कुल ५७ कम्पनीको सेयर मूल्य बढ्यो भने १८६ कम्पनीको सेयर मूल्य घट्यो । ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

फाइनान्स उपसमूह ११.३३ अंकले बढ्यो । अन्य सबै उपसमूह घट्यो । नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ९.५५ प्रतिशतले बढ्यो । शिवश्री हाइड्रोपावरको मूल्य ७.२६ प्रतिशत, गणपति लघुवित्त वित्तिय संस्था ७.१३ प्रतिशतले मूल्य बढ्यो ।

साधना लघुवित्त वित्तीय संस्थाको मूल्य ६.३८ प्रतिशतले घट्यो । कारोबार रकमको आधारमा नेपाल फाइनान्स लिमिटेडको १६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित : असार १२, २०८१ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×