सन् १९४६ मा आजकै दिन : ट्रम्पको जन्म

काठमाडौँ — सन् १९४६ मा आजकै दिन (जुन १४) मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म भएको थियो । उनी अमेरिकाका ४५ औं राष्ट्रपति हुन् । ट्रम्पले २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

सन् १९४६ मा आजकै दिन : ट्रम्पको जन्म

ट्रम्प २०१६ नोभेम्बरमा ८ मा भएको निर्वाचनमा रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले डेमोक्रेटिक दलकी उम्मेदवार पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।

राष्ट्रपति बन्नुअघि ट्रम्पले अर्बपति व्यापारीको परिचय बनाएका थिए । १९६८ मा युनिभर्सिटी अफ पेन्सलभेनियाबाट अर्थशास्त्रमा स्नातक गरेका ट्रम्पका पिता रियल इस्टेट व्यवसायी थिए । उनले १९७१ मा ट्रम्पलाई ‘रियल स्टेट व्यवसायको राष्ट्रपति’ नाम दिएका थिए ।

बाबुको व्यवसाय सम्हालेपछि ट्रम्पले त्यसलाई ‘ट्रम्प अर्गनाइजेसन’ नाम दिए र ठुल्ठूला भवन निर्माण, होटल, क्यासिनो, गल्फ कोर्सलगायतमा विस्तार गरे । व्यवसायमा घाटा व्यहोरेका ट्रम्प टेलिभिजन सिरिज ‘द एप्रेन्टिस’ बाट निकै चर्चित बने । त्यसपछि रिपब्लिकन दलबाट राजनीतिमा प्रवेश गरेका ट्रम्प २०१६ मा राष्ट्रपति निर्वाचित भएका हुन् ।

दोस्रो कार्यकालका ताकेका ट्रम्प २०२० को निर्वाचनमा भने वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । उनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन दलका तर्फबाट उम्मेदवारी दिँदै छन् ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x