कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

सन् १९५३ मा आजकै दिन : बेनजिरको जन्म 

काठमाडौँ — सन् १९५३ मा आजकै दिन (जुन २१) मा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको जन्म भएको थियो । पाकिस्तानको कराँचीमा जन्मिएकी भुट्टोले हार्वार्ड तथा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् । 

सन् १९५३ मा आजकै दिन : बेनजिरको जन्म 

बेनजिर १९८८ देखि १९९० र १९९३ देखि १९९६ सम्म पाकिस्तानको प्रधानमन्त्री थिइन् । उनी पाकिस्तानको एकमात्र महिला प्रधानमन्त्री हुन् । आफूलाई लागेको भ्रष्टाचारको मुद्दाका कारण प्रधानमन्त्री पद छाडेलगत्तै बेनजिरले दुबई र लन्डनमा आठ वर्ष निर्वासित जीवन बिताएकी थिइन् ।

पाकिस्तानमा २००८ को आमनिर्वाचनको तयारीका लागि भुट्टो २००७ को अक्टोबर १८ मा पाकिस्तान फर्केकी थिइन् । बेनजिरमाथि डिसेम्बर २७ मा रावलपिन्डीमा एक चुनावी सभाका क्रममा गोली प्रहार गरिएको थियो । त्यसलगत्तै आत्मघाती बम विस्फोटसमेत गराइएको थियो । उक्त आक्रमणमा बेनजिरसहित २४ जनाको ज्यान गएको थियो ।

बेनजिरका पिता जुल्फिकर अली भुट्टो १९७१ देखि १९७३ सम्म पाकिस्तानका राष्ट्रपति र १९७३ देखि १९७७ सम्म प्रधानमन्त्री थिए । तत्कालीन सेना प्रमुख जर्नेल जिया–उल हकले १९७७ को जुलाईमा सैन्य ‘कु’ गर्दै जुल्फिकरलाई अपदस्थ गरेका थिए । त्यसपछि पक्राउ परेका जुल्फिकरलाई एक विवादास्पद मुद्दामा १९७८ मार्चमा मृत्युदण्डको सजाय सुनाइएको थियो । जुल्फिकरलाई १९७९ अप्रिल ४ मा रावलपिन्डीमा फाँसी दिइएको थियो ।

प्रकाशित : असार ७, २०८१ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×